नेपालले गण्डक बाँध मर्मत गर्न आएका भारतीयलाइ रोकिदिएपछि भारतमा रोइलो, बिहार डुब्ने त्रास

काठमाडौं। नेपालले गण्डक बाँधको मर्मत रोकिदिएको छ । भारतले एकतर्फी रुपमा नेपाल भारत सीमा क्षेत्रमा बिहारको पूर्वी चम्पारणको ढाका अनुमंडलमा लालबकेया नदीमा रहेको बाँध पुनर्निर्माण गर्न खोजेको थियो । तर, नेपालले यसले नेपाली षेत्र बाढीका कारण डुबानमा पर्ने भन्दै मर्मतको अनुमति दिएन ।

बिहारका जल संसाधन मन्त्री कुमार झाले भने यो क्षेत्र ‘नो मेन्स ल्याण्ड’मा पर्ने दावी गरेका छन् जबकि त्यो वास्तविकता होइन । यो बाँधका कारण विगतका वर्षहरुमा नेपालका बस्ती डुबानमा पर्ने गरेका थिए । अहिले नेपालले पुनर्निमाण रोकिदिएपछि बिहार बाढीले डुब्ने भन्दै बिहारमा आतंक फैलिएको छ ।

बिहारका जल संसाधन मन्त्री झाले समाचार एजेन्सी एएनआइसँग भने ‘नेपालले यो बाँधका साथै कैयौं अन्य स्थानमा पनि मर्मत रोकिदिएको छ । पहिलो पटक हामी यतो समस्याको सामना गरिरहेका छौं ।

हामी मर्मतका लागि सामग्रीसम्म पुग्न पाइरहेका छैनौं । हाम्रा स्थानीय इन्जिनियर र डिएमले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेका छन् । म अब यो स्थितिबारे विदेश मन्त्रालयलाई पत्र लेख्छु ।’

उनले अगाडि भने ‘यदि यो मुद्दालाई समयमै सम्बोधन गरिएन भने बिहारको ठूलो हिस्सामा बाढी आउँछ । यदि नेपालमा वर्षाका कारण गण्डक नदीको जलस्तर बढ्यो भने यसले गम्भीर समस्या उत्पन्न गर्नेछ । गण्डक बाँधका ३६ ढोका छन् । यीमध्ये १८ वटा नेपालमा छन् । भारतले आफूतर्फका ढोकासम्मको बाँध मर्मत गरिसकेको छ ।

नेपालतर्फका १८ औं देखि ३६ औं ढोकासम्म बनेको बाँधको मर्मत हुन सकेको छैन । नेपालले बाँध मर्मतको लागि सामग्री लैजान दिइरहेको छैन । नेपालले त्यो क्षेत्रमा अवरोध गरेको छ ।’

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…