एक हातमा सिन्दुर एक हातमा नागरिकता संसारमा कतै हुँदैनः नवराज सिलवाल

काठमाडौं । प्रतिनिधि सभा सांसद नवराज सिलवालले संसारका कुनै पनि मुलकमा नभएको नागरिकता सम्बन्धि व्यवस्था नेपालले लागू गर्न नसक्ने बताउनुभयो । नेपालको भूराजनीतिक अवस्थाका हिसावले पनि विद्यमान व्यवस्थामा फेरबदल गर्न आवश्यक भएको बताउनुभयो ।

दक्षिणमा सवा अर्ब र उत्तरमा डेढ अर्ब जनसंख्या भएको छिमेकी भएको देशमा विवाह गरेलगत्तै नागरिकता दिने व्यवस्थाले जनसांख्यिक अतिक्रमण बढ्ने भएकाले कुनै एका तिरको देशलाई लक्षित गरेर यो व्यवस्था नआएको बताउनुभयो ।

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको वैठकबाट बहुमतले पारित भएको वैवाहिक अंगीकृत सम्बन्धि ७ वर्षे व्यवस्थालाई लिएर प्रमुदख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसी दलहरुले विरोध गरिरहेको सन्दर्भमा प्राइम टेलीभिजन संग कुराकानी गर्दै सिलवालले नेपालले उदारताको पराकाष्ठा देखाएको बताउनुभयो ।

सिलवालले अमेरिका, युरोप, अष्ट्रेलियामा ५ वर्ष कुनुपर्ने उदाहरण दिँदै भारतले अन्यत्रबाट विवाह गरेर आएकालाई ७ वर्षपछि निवेदन दिन योग्य मानेको स्मरण गराउनुभयो ।

बंगलादेश, भुटान र माल्दिभ्सका अभ्यासहरु सम्झाउँदै नेपालले अधिकारपत्रमार्फत आर्थिक, सामाजिक अधिकार सुनिश्चित गर्ने प्रस्ताव तयार गरेको बताउनुभएको छ ।

नागरिकता विधेयकमा सहमती जुटाउन २३ महिना कुरेको स्मरण गराउँदै सबै विधेयकहरु सहमतीका आधारमा गरौं भनेर कुर्दा पनि सहमती हुन नदिएपछि अनिर्णयको बन्दी भएर बस्ने अवस्था आएपछि प्रजातान्त्रिक आधारमा निर्णय भएको बताउनुभएको छ ।

१६ देखि २१ वर्षका १० लाख युवाहरु आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित नभएकाले बेनागरिक भएर बसेको अवस्था समेतलाई यो विधेयकले प्रष्ट व्यवस्था गरेको सांसद सिलवालले बताउनुभयो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…