जितेन्द्र देवकाे प्रश्न -विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ?

राष्ट्रिय सभामा विपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले वैवाहिक अंगीकृत नागरिकताको सात वर्षे प्रावधानबारे कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रावधान बहुमतले पारित गरेको थियो।

सोमबार राष्ट्रिय सभामा धारणा राख्दै कांग्रेस सांसद देवले नेकपालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरे। नेकपाले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिन उपर्युक्त हुने निर्णय गत शनिबार गरेको थियो।

‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने? प्रगतिशील पार्टीले राख्ने मानसिकता यस्तो होइन। यो अत्यन्त मण्डले राष्ट्रवादी मानसिकता हो। प्रतिक्रान्तिकारी मानसिकता हो। पुनर्विचार होस्,’ सांसद देवले राष्ट्रियसभामा भने।

यदि नागरिकताको उक्त प्रावधान कार्यान्वयनमा आए कम्युनिष्ट एकतातिर र कांग्रेसलगायत अरू दल अर्कोतिर उभिने उनको भनाइ छ। नेकपाकाे नागरिकता सम्बन्धी निर्णयले नेपाल र भारतबीच रहेको सांस्कृतिक सम्बन्धमा असर पुर्याउने उनले बताए।

‘तपाईंहरूले अत्यन्त अदूरदर्शी, अपरिपक्क, यो मुलुकमा साम्प्रदायिक दंगा भड्काउने र प्रकारान्तरले यो मुलुकलाई विभाजनतिर लैजाने निर्णय गर्नुभयो,’ उनले भने।

दुबै छिमेकीप्रति समदूरीको सम्बन्ध स्थापित गर्नु पर्नेमा एउटा छिमेकीतिर नेकपा ढल्किँदै गएको विगत दुई वर्षका गतिविधिले देखिने उनको भनाइ छ।

‘तपाईंहरू ५० चोटि चिनियाँ कम्युनिष्ट पार्टीसँग मिटिङ गर्नुस्, कांग्रेसलाई भन्नु केही छैन,’ उनले भने, ‘तर हामी चिनियाँ क्याम्पमा गयौं भन्ने म्यासेज गइरहेको छ। के यसले आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ?’

उनले के आधारमा वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सात वर्ष राखिएको भन्ने प्रश्न गरे।

‘नेपाल र भारतबीच कल्चरमाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन। विहार र युपीमा मधेशीको सम्बन्धले नेपाली राष्ट्रियता खतरामा जान्छ भन्ने नेकपा कार्यकर्ता भन्ने गर्छन् के यो सत्य हो?’

नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध कम्युनिष्ट र कांग्रेसले स्थापना नगरेको उनले बताए।

‘यो ֹसंस्कृतिले स्थापना गरेको सम्बन्ध हो कसैले तोड्न सक्दैन। भारतसँगको सम्बन्ध कट गर्ने गरी तपाईंहरू काम गर्दै हुनुहुन्छ,’ उनले भने।

उनले भविष्यमा यही विषयलाई लिएर राजनीतिक दुर्घटना भए कांग्रेस, कम्युनिष्ट सँगै जेल जानुपर्ने अवस्था आउने बताए।

‘वीरगञ्जदेखि राजविराजसम्म जुलुस निस्केको छ। कांग्रेसलाई हेप्ने। कांग्रेसलाई हेपेर जनतासमाजवादीलाई हेपेर राजनीति हुन्छ यो मुलुकमा?,’ उनले भने, ‘सहमतिको राजनीति नतोड्नुस्।

तपाईंहरू गलत बाटोमा जाँदै हुनुहुन्छ। उग्रबादमा फस्दै हुनुहुन्छ। कांग्रेस र अरू पार्टीसँग भिड्ने काम गर्दै हुनुहुन्छ।’

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…