सांसद सरिता गिरीलाई कारबाहीको प्रक्रिया अघि बढ्यो

जनता समाजवादी पार्टी नेपालले पार्टी सांसद सरिता गिरीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। संविधान संशोधन विधेयकको विपक्षमा उभिएकी गिरीलाई कारबाही प्रक्रिया अघि बढाउन संसदीय दलले आइतबार पार्टीलाई पत्र पठाएको छ।

गिरीले संसदीय दलको निर्णय र ह्विपलाई उल्लंघन गरेको उल्लेख गर्दै दलका प्रमुख सचेतक उमाशंकर अरगरैयाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘पटकपटक अनुरोध गर्दा पनि उहाँले पार्टीको निर्देशन, संसदीय दलको निर्णय र ह्विपलाई उल्लंघन गरी मतदानमा भाग नलिई संसद् भवन छाडेर बाहिरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’

अध्यक्ष उपेन्द्र यादवले प्रमुख सचेतक अरगरैयालाई संसदीय दलको तर्फबाट पार्टीलाई चिठी लेखी औपचारिक जानकारी गराउन निर्देशन दिएका थिए। समाजवादीका पूर्व महासचिव रामसहाय यादवले पार्टीले बैठक बसी गिरीमाथिको कारबाही प्रक्रिया अघि बढ्ने बताए।

गिरीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा पार्टी दुई कित्तामा बाँडिएको बताइएको छ। पहिलो कित्ता पार्टीको साधारण सदस्यता समेत नरहने गरी गिरीलाई सांसद पदबाट फिर्ता बोलाउनुपर्ने पक्षमा छ भने दोस्रो कित्ता सांसदबाट फिर्ता नबोलाउने गरी सामान्य कारबाही गर्नुपर्ने पक्षमा उभिएको छ।

खासगरी बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणुका गुरुङ लगायत पहाडी मूलका नेताहरू गिरीलाई तत्काल पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गर्नुपर्ने अडानमा रहेको स्रोतको भनाइ छ। गिरीलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेमा उनको सांसद पद नरहने उनीहरूको भनाइ छ।

पूर्व समाजवादीका मधेसी मूलका रेणु यादव, विजय यादव, इस्तियाक राई लगायत नेता गिरीको सांसद पद कायम रहने गरी सामान्य कारबाही गर्नुपर्ने पक्षमा छन्।

गिरीलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोधिनुपर्ने पनि उनीहरूको भनाइ छ। ‘कारबाहीको प्रक्रिया अघि बढाउनुअघि उहाँलाई स्पष्टीकरण दिने मौका दिनुपर्छ,’ विजय यादवले भने।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…