रुकुम घटना : पीडितको पक्षमा नि:शुल्क बहस गर्दै अधिवक्ता रामचन्द्र गौतमका बाबुछाेरा

रुकुम पश्चिम – बुवा डा. नवराज गौतम र छोरा अधिवक्ता रामचन्द्र गौतम (आरसी) । पेशा दुवै जनाको अधिवक्ता​ । दुवै बाबुछोराले अदालतको बेन्चमा बसेर एउटै घटनामा बहस गर्ने संयोग जुरेको छ यतिबेला ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा रहेको रुकुम पश्चिमको सोती घटनाका पीडितको पक्षमा नि:शुल्क बहस गर्न उभिनु भएका उहाँहरुको जस्तै संयोग पारिवारिक जीवनमा कमैलाई पर्न सक्छ ।दुवै बाबुछाेराले शुक्रबारदेखि जिल्ला अदालत रुकुम पश्चिममा पीडितको पक्षमा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै हुनुहुन्छ । गत जेठ १० गते चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा​ ६ जनाको ज्यान जाने गरी भएको घटनाको शुक्रबारदेखि थुनछेक बहस सुरु भएकाे हाे । बहसको लागि वादी र प्रतिवादी पक्षमा बहस गर्न धेरै अधिवक्ताहरू रुकुम पुगेका छन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नंं. १ घर भएका आरसी गौतम पनि काठमाडौंबाट पीडितको पक्षमा बहस गर्न रुकुम पुग्नुभएको हो । काठमाडौ कार्यक्षेत्र बनाएर बहस गर्दै आउनुभएका आरसीको लागि यो घटनाको बहस ऐतिहासिक अनुभव बन्नेछ ।

आरसीले बहस गर्न थालेको सात बर्ष पुग्यो । “जन्म दिने बाबा सँगै पहिलो पटक पीडित पक्षको तर्फबाट बहस गर्दैछु, मेरो लागि यो नयाँ अनुभूति पनि हुनेछ” आरसी भन्नुुहुन्छ,’हामी दुवैजना पीडितको तर्फबाट नि:शुल्क बहस गर्दैछौं‌ । आरसी बुवाकै प्रेरणाले कानूनी क्षेत्रमा लाग्नु भएको हो ।

आरसीका बुवा नवराज वरिष्ठ अधिवक्ता तथा रुकुमको पहिलो विद्यावारिधी गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले २०३६ सालदेखि रुकुम जिल्लामा बहस गर्दै आउनुभएको छ ।

सोतीको दुःखद घटनाले बाबुछोरालाई सँगै बहस गर्ने अवसर जुराइदिएको छ । “यो पेशा हो, यो घटनामा बाबुछोरा पीडितको पक्षमा बहस गर्दैछौं’ डा. नवराज भन्नुहुन्छ, “समयले कहिलेकाहीँ बाबुछोरालाई वादी र प्रतिवादीको पक्षमा बहस गर्ने अवस्था निम्त्याउन सक्छ ।” तर, यसपटक बाबुछोरालाई सँगसँगै वकालत गर्ने नयाँ अनुभव हुनेछ ।

परिवारका चारजना अधिवक्ता

डा. नवराज गौतमको परिवारका चारजना अधिवक्ता हुनुहुन्छ । एक मात्र छोरी रमा गौतम सहित २ छोराहरु पनि अधिवक्ता हुनुहुन्छ । बुवा डा. नवराज गौतम, छोरी रमा गौतम, छोराहरु बिनोद गौतम र आरसी गौतम । उहाँहरु चारैजना अधिवक्ता हुनुहुन्छ । डा. नवराज भनुहुन्छ, “मैले घरमै बसेर साग सिस्नु खाएर पीएचडी गरें​‌, मेरा सन्तानले पनि मलाई खुसी हुने गरी शैक्षिक सफलता हात पारेका छन् ।”

छोरी रमा गौतम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमको सभापति समेत हुनुहुन्छ । दुई छोरा अधिवक्ता हुनुहुन्छ भने जेठो छोरा रमेश गौतम सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । अर्का छोरा मधुसूदन गौतम कानुनकै बिद्यार्थी हुनुहुन्छ, उहाँ अहिले सरकारी सेवामा हुनुहुन्छ ।

सोती घटना

गएकाेे १० गतेका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा ३४ अभियुक्तविरुद्ध प्रहरीले जेठ ३२ गते आइतबार अदालतमा मुद्दा दायर गरेको हो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायतका कसुरमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा दायर भएको मुद्दाबारे जिल्ला अदालतमा सोमबारदेखि नै बहस सुरु भएपछि बिहीबार पक्राउ परेका २९ जनाको बयान सकिएको छ । शुक्रबारबाट भने अदालतमा थुनछेक बहस सुरु भएको छ ।

जाजरकोटको भेरी नगरपालिका वडा नं.४ रानागाउँका नवराज विकले रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन भनेर १८ जना साथी सहित सोती पुगेका थिए । केटीतर्फका आफन्त र गाउँलेहरूको आक्रमणमा परेर उनीहरुमध्ये ६ जनाको ज्यान गएको थियो ।

प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…