चीनलाई तह लगाउन लकडाउनपछि भारतले अपनाउदै छ यस्तो रणनीति, चीन रक्षात्मक हुने संकेत

लद्दाखमा भारतीय सेनाले बेइज्जतीको सामना गर्नुपरेपछि भारतले चीनका विषयमा नयाँ रणनीति अपनाउने संकेत पाइएको छ ।

चीनको आर्थिक तथा सैन्य शक्तिका कारण आत्तिएका भारतीयहरू कूटनीतिक क्षेत्रमा पनि बोल्ड कदम चाल्न ड राइरहेका देखिन्छन् । तर भारतीय विश्लेषकहरूले चीनलाई रक्षात्मक बनाउनका लागि तिब्बत, हङकङ लगायतका विषय उठाउन प्रेरित गरिरहेका छन् ।

चीनले तिब्बत, शिनजियाङ, हङकङ, मकाउ र ताइवानका विषयमा बढी संवेदनशीलता देखाउने भएकाले त्यसैमा प्रहार गर्न उनीहरू भारत सरकारलाई उक्साइरहेका छन् ।

चीनका लागि तिब्बतको महत्त्व सर्वोपरि छ । तिब्बत दक्षिण एसियाको जलस्रोत हो त्यसैले त्यसमा चीन कुनै हालतमा नियन्त्रण गुमाउन चाहँदैन । भारतले अब तिब्बतमा चीनको उपस्थितिलाई चुनौती दिने रणनीति बनाउन सक्छ ।

तिब्बतको निर्वासित दलाई लामा सरकारलाई उसले मान्यता दिन सक्छ । तिब्बतका सम्बन्धमा भारतले गर्ने पहललाई पश्चिमी मुलुकहरूले प्रतीक्षा गरिरहेको भारतीयहरूको आकलन छ ।

अमेरिकी संसदमा विगत तीन महिनामा तिब्बतका पक्षमा दुई प्रस्ताव भारी बहुमतले पारित गरिएका छन् । अनि युरोपकाक कम्तीमा दुई हजार शहरका नगरपालिका भवनमा प्रत्येक वर्ष मार्च १० मा तिब्बती झण्डालाई आधिकारिक रूपमा फहराइने गरेको छ ।

दलाई लामालाई भारतले शरण मात्र दिएकोमा अब आधिकारिक मान्यता नै पनि दिन सक्छ ।

चीनले तिब्बत हात पारेपछि भारतले उससँग पञ्चशील सम्झौता गरेर आफ्नो हितलाई भारी नोक्सानी गरेको भारतीयहरूको बुझाइ छ । अब त्यसलाई सही बनाउने समय आएको उनीहरू बताइरहेका छन् ।

उक्त सम्झौता अनुसार भारतले तिब्बतलाई चीनको स्वायत्त प्रान्तका रूपमा मान्यता दिएको थियो अनि तिब्ब्तमा रहेका दुई वाणिज्य दूतावास, सेनाका टुकडी, व्यापार तथा टेलिग्राफ संरचना समेतका सुविधा त्यागेको थियो ।

चीनले भारतलाई ल्हासामा वाणिज्य दूतावास खोल्ने माग अस्वीकार गर्दै आएको छ । त्यस मागलाई अब भारतले उठाउने देखिन्छ ।

अनि हङकङको आन्दोलन र ताइवानको स्वतन्त्रतालाई मान्यता दिने कदम पनि भारतले उठाउन सक्ने देखिन्छ । कोभिड–१९ को उत्पत्तिका विषयमा चीनसँग खरो जवाफ माग्ने काम पनि गर्न सक्छ ।

समग्रमा भन्दा भारतले अहिलेसम्म अपनाइरहेको आदर्शवादी नीति त्यागेर यथार्थवादी नीति अपनाउने सम्भावना देखिन्छ । सैन्यशक्तिमा कमजोर भएकाले उसले चीनविरुद्ध आ क्रा मक कूटनीतिको बाटो हिँड्नुपर्ने भारतीय विश्लेषकहरूको कथन छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…