अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्छ : सीमाविद् श्रेष्ठ

काठमाडौँ ।सीमाविद् बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्साअनुसार संविधान आएपछि अब चीनसँगको सीमांकन टुंगो लगाउनुपर्ने बताएका छन् । लिपुलेक पश्चिममा चीनसँग पनि सीमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताएका हुन् ।

चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय विन्दु कायम भए पनि नेपालको २ वटा विन्दुसमेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सीमाङ्कन टुंगो लगाउन आग्रह गरे । त्रिदेशीय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने उनको सुझाव छ ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद् श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने पनि बताए ।

सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने भन्दै केन्द्रीय तथ्यांक विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गरे । त्यस्तै गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिइ नेपालमा रहेका कूटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए ।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उनले सडकमा आएर दुई/चार शब्द भन्दै बिच्काएर नहुने भन्दै श्रेष्ठले नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने बताए । भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव उनले दिएका छन् ।

भारतसँग भएको प्रमाण कमजोर रहेकोले वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताए ।

सभापति रामनारायण विडारीले समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसद्‍मा पेस गर्ने तयारी गरेको बताए ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…