गलवान भ्यालीबाट थाहा भयो भारत वास्तमा एक ‘कागजी हात्ती मात्रै रहेछ’

लड़ाखमा एउटा पनि गो’ली नचलिकन २० जना भारतीय सैनिकको ज्या’न जाने गरी भएको हिं’स्रक भि’डन्तले पहिलेदेखि निकै तनावमा रहेको भारतीय सेनालाई झनै हतोत्साहित बनाएको छ ।

यसको सम्पूर्ण दोष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीतिक भूलमा निहित छ । चीनलाई घेरेर अमेरिकालाई खुशी बनाउँदै फाइदा लिने उनको योजना भताभुंग भएको छ ।

मोर्डन डिप्लोमेसी नामक एक अन्लाइन पत्रिकामा छापिएको रिपोर्टअनुसार, भारतीय सैनिकहरू यु’द्धमा भन्दा पनि बढी आ’त्मह’त्या गरेर वा आफ्ना सहकर्मीबाट मा’रिन्छन् । प्रत्येक तेस्रो दिनमा एक जवानले आ’त्मह’त्या गरिरहेको हुन्छ ।

स्पष्ट छ, सैनिकहरूमा आ’त्म’हत्या र सहकर्मीको ह’त्याको सोच आउनुमा सेनाको प्रणालीगत समस्या जिम्मेवार छ । माथिल्लो दर्जाका सैनिकले तल्लो दर्जामाथि धार्मिक वा जातपातका आधारमा विभेद गर्ने गरेका छन् । अनि सैनिकहरूलाई पर्याप्त खान नदिइने भएकाले उनीहरू प्रायः भोकभोकै हुन्छन् ।

यस्तो स्थितिमा चिनियाँहरूले एउटा पनि गो’ली न’चलाइकन यति धेरै भारतीय सैनिक मा’र्दा अनि धेरैजसो सैनिक त उद्धारको पर्खाइकै क्रममा चिसोले क’ठ्यांग्रिएर म’र्दा भारतीय सेनाको उ’त्साह पूरै सेलाएको हुनुपर्छ ।

भारतमा धेरैजनालाई गोदी मिडियाले चीन कागजी ड्रागन हो भन्ने भ्रम दिलाएको पाइन्छ । तर लद्दाख घटनाले स्पष्ट देखायो– भारत कागजी हात्ती मात्र रहेछ ।

धेरै सैनिक त आमनेसामनेको भि’डन्तमै मा’रिए जबकि एउटा पनि गोली चलेको हैन । अन्य सैनिक चाहिँ डराएर भागे र पहाडबाट नदीमा हाम्फालेर वस्तुतः आ’त्मह’त्या नै गरे । अनि अन्य चाहिँ अनाहकमै जाडोमा कठ्यांग्रिएर म’रे किनकि सेनासँग उनीहरूलाई उद्धार गर्ने राजनीतिक इच्छाशक्ति वा माध्यम नै थिएन ।

बलिउडले देखाउने गरेको जस्तो महाशक्तिको छवि चकनाचुर भयो, त्यसैले भारतीय समाज अहिले स्तब्ध छ र भारतको नेतृत्व घटनाको वास्तविकता बताउन समेत हिचकिचाइरहेको छ ।

चीनलाई कागजी बाघ ठान्ने भूल गरेर भारतले वास्तविक नियन्त्रण रेखा पार गर्नुअगाडि सयचोटि सोच्नुपर्थ्यो ।

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले चीनको सिनजियाङ र तिब्बत क्षेत्रलाई समेत समावेश गरेर अखण्ड भारत बनाउन खोजेको थियो । अनि भारतलाई अमेरिकाले पनि यस विषयमा भड्काइरहेको थियो किनकि चीनलाई घेराबन्दीमा पार्ने अमेरिकाको लक्ष्यलाई यसले पूरा गर्छ ।

मोदीले चीनलाई चिढ्याउँदा अमेरिकाबाट फाइदा लिन सकिने सोच बनाएका थिए तर अमेरिका यस सीमाविवादमा औपचारिक रूपमा सैन्य तहबाट पनि अनि कूटनीतिक तहबाट पनि संलग्न भएको छैन ।

अमेरिकाको लक्ष्य भनेको चीनलाई आक्रामक देशका रूपमा चित्रित गरेर चीनविरुद्ध क्षेत्रीय साझेदारी निर्माण गर्ने हो अनि चीनको आपूर्ति शृंखलालाई खोसेर ठिंगुर्याउने हो ।

यसबाट हुने फाइदाको प्रतिफल भारतलाई पनि दिने लक्ष्य अमेरिकाले लिएको छ तर चीनसँगको भि’डन्तमा भारतको बेइज्जती भएकाले अमेरिकाले दिलाउने फाइदा भारतले तत्कालै पाउने देखिएको छैन ।

भाजपाले विगत ६ वर्षदेखि सत्तामा रहँदा जगाएको उग्रराष्ट्रवादी भावना प्रत्युत्पादक बनेको देखिएको छ । भारतीयहरूले आफ्नो देश महाशक्ति भएको भ्रम पालेको भए पनि वास्तवमा आफूहरू कागजी हात्ती मात्र रहेछौं भन्ने थाहा पाए ।

अब यसको अर्थ हुन्छ, भारतका शीर्ष अधिकारीहरूले देशको छवि उकास्न अलि कम बलियो शत्रुमाथि आक्रमण गर्न सक्छन् । त्यसो गर्दा इज्जत पनि जोगिन्छ र अहिले क्रुद्ध भएका जनता पनि त्यतै भुल्छन् ।

भारतले कुनै एउटा बहाना निकालेर पाकिस्तानविरुद्ध यु’द्ध शुरू गर्न सक्छ, नेपालमाथि आ’क्र’मण गर्न सक्छ वा म्यान्मारमा रहेका नागा विद्रोहीका वि’रुद्ध अर्को सर्जिकल स्ट्रा’इक गर्न सक्छ ।

देशभित्र चीनका विरुद्ध प्रोपागान्डा मच्चाउनु र चिनियाँ सेनाको वास्तविक शक्तिको जानकारी पाउनु दुई भिन्न कुरा हुन् भनी भारतले गतिलो पाठ सिकेको छ । भारत र चीन पूर्ववत सम्बन्धमा फर्किन गाह्रो भएजस्तै आम भारतीयलाई पनि आफ्नो सेनाको शक्तिको वास्तविकताले दिएको झड्काबाट मुक्त हुन धेरै समय लाग्छ ।

चिनियाँ बाघले भारतको कागजी हात्तीलाई एउटा पनि गोली नचलाइकन धुजाधुजा पारिदियो र भारतीय सेनाको अभूतपूर्व बेइज्जती भयो । यस घटनाका कारण आत्मविश्वास गुमेको सेनाले त्यस विश्वासलाई पुनः आर्जन गर्न एकदम गाह्रो छ ।

त्यस्तो अवस्थामा भारतको राष्ट्रिय स्वार्थको प्रतिरक्षा गर्न ऊ कत्तिको समर्थ हुन्छ भन्ने प्रश्न पनि छ । मोदीको महाभूलको दुष्परिणाम भारतले लामो समय भोग्नुपर्ने भएको छ ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती नक्कली विज्ञप्ति बनाइयो : बिमला…

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका…

प्रधानमन्त्री देउवा पुत्र जयवीर सिंहलाई झुक्याइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेको छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।…

फेरि माओवादीमै फर्किइन बिमला वली

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।…

यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि…

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।…

आर्थिक सङ्कटमा पाकिस्तान : प्रधानमन्त्री इमरान खानको सरकारी आवास अब…

पाकिस्तानका प्रधानमन्त्री इमरानको सरकारी आवास अब भाडामा उपलब्ध हुनेछ । आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानले इस्लामाबादस्थित प्रधानमन्त्री इमरान खानको सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेको…