केपी ओलीलाई ‘चोर’ भन्दै भारतका रिटायर्ड मेजर जनरल गरे नेपालप्रति अपमानजनक ट्वीट

काठमाडौं। भारतका रिटायर्ड मेजर जनरल जीडी बख्शीले नेपालप्रति निकै अपमानजनक ट्वीट गरेका छन् । ट्वीटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गरेका छन् ।

सेउसेस्कु रोमानियाका तानाशाह थिए जसलाई त्यहाँका जनताले विद्रोह गरी अपदस्थ गरेका थिए । उनलाई १९८९ को क्रिसमसका दिन गो’ली हानी मा’रिएको थियो ।

बख्शीले ट्वीटमा लेखेका छन् ‘भारतले चीनलाई ह्याण्डल गर्नको लागि कसैको सहयोग चाहिन्न । हामी यसो गर्नको लागि पर्याप्त ठूलो र बलियो छौं । तर, यस्ता समयले तपाइँलाई तपाइँका मित्र को हुन् भन्ने देखाउँछन् । अमेरिकी राजदूतले हाम्रा साहसीहरुलाई समर्थन गरे । तर, ती सेउसेस्कु – नेपालका ओलीले हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ।’

बख्शीले यसरी नेपालप्रति आक्रामक अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि विभिन्न समयमा यस्ता अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न टिभी टक शोहरुमा पनि उनी नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…