भारत-चीन विवादमा बोल्यो नेपाल

काठमाडौं : नेपालले भारत र चीनलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको छ। लद्दाखको गलवान उपत्यका क्षेत्रमा बल्झिएको सीमा समस्याबारे शनिबार नेपालले औपचारिक प्रतिक्रिया दिएको हो। समस्या समाधान गर्न दुवै देश सक्षम रहेको विश्वास नेपालले व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी नेपालले द्विपक्षीय, क्षेत्रीय, विश्व शान्ति र स्थायित्वका लागि असल छिमेकीपनका आधारमा विवाद सल्टाउन आग्रह गरेको हो।

भारतीय र चिनियाँ सेनाबीच सोमबार राति झ डप हुँदा भारतीय सेनाका अधिकृतसहित २० जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघलगायत निकायले पनि चिन्ता व्यक्त गर्दै दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै आएका छन्।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवादलाई लिएर भारतको नेपाल सम्बन्धमा खटपट आइरहेको छ। भारत र चीनबीच डेढ महिनायता उक्त क्षेत्रमा तनाव बढ्दो छ। १४ हजार फिट उचाइमा रहेको लेह-लद्दाख क्षेत्रमा सीमा वि वादका कारण दुई छिमेकी आमनेसामने भएका हुन्।

एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप ४५ वर्षकै पहिलो हो । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ ।

यी दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसपछि लामो समय कूटनीतिक सम्बन्ध थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीन भ्रमण गरेपछि मात्र सम्बन्धमा सुधार आएको थियो। चीन र भारतबीच आधा दर्जन क्षेत्रमा चर्को सीमा विवाद छ ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…