अंगीकृत नागरिकता लिन सात वर्ष पुग्नुपर्ने नेकपाको निर्णय संविधानविपरीत भएको कांग्रेसको ठहर

नागरिकता विधेयकबारे कांग्रेसले भन्याे- सातवर्षे प्रावधान स्विकार्न सकिँदैन, थप निर्णय लिन भोलि पदाधिकारी र पूर्वपदाधिकारी बैठक
प्रमुख प्रतिपक्षी दल कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्षसम्म कुर्नुपर्ने सत्तारुढ दल नेकपाको सचिवालय बैठकको निर्णयमा सहमत हुन नसकिने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा शनिबार साँझ शीर्ष नेता र कांग्रेसबाट राज्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने केही सदस्यबीच भएको छलफलले वैवाहिक अंगीकृत नागरिकताका सवालमा २०६३ कै प्रावधानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको हो ।

वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष पुग्नुपर्ने नेकपाको निर्णय संविधानविपरीत भएको ठहर कांग्रेसको छ ।

राज्य व्यवस्था समिति सदस्य दिलेन्द्र बडूले भने, ‘२०६३ को संविधान पनि राजनीतिक सहमतिको संविधान हो । २०६३ को संविधानअनुसार बनेको नागरिकता ऐन पनि सर्वसम्मतिको ऐन हो ।

अहिलेको संविधान पनि राजनीतिक सहमतिकै संविधान हो । यो संविधानले पनि अंगीकृत वैवाहिक नागरिकतालाई रोकेको छैन । ०६३ को संविधानले पनि रोकेन र अहिलेकोले पनि रोकेन ।

बरु बन्देज के लगायो भने अंगीकृत नागरिकता लिएकाले पनि चुनाव लड्न पाउँछन्, तर प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्ययक्ष, प्रदेशको सभामुख, प्रदेश प्रमुख आदि पदमा जान पाइँदैन भन्ने छ । व्यापक छलफलपछि अहिलेको संविधान बनेको हो । यसले चुनाव लड्न पाइने भन्यो, तर यो–यो पदमा जान नपाइने भनेर तोक्यो ।

अब अहिले त्योभन्दा थप बन्देज के भयो भने सात वर्षसम्म नागरिकता नै दिन मिल्दैन भन्यो । नागरिकता दिन नपाइने अहिलेको संविधानको विपरीत भयो । अहिले संविधानमा भएका कुराहरूको पनि बन्देज लगाउन खोजिएको छ । जुन संविधानविपरीत भएको छ । संविधानको विपरीत हुने कुरा राजनीतिक र संवैधानिक कोणबाट पनि ठीक हुँदैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नागरिकताबारे नेकपाको निर्णयपछि आइतबार बिहान ९ बजे कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । नयाँपत्रिकाबाट 

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…