मालपोत खुलेपछि किनबेचभन्दा दोब्बर जग्गाको धितो कारोबार, समस्यामा परेका टुक्रे जग्गा बेच्दै

काठमाडौं। करिब तीन महिनापछि घरजग्गा कारोबार खुल्दा जग्गा किनबेच गर्ने भन्दा धितो राखेर ऋण लिनेको संख्या दोब्बर भएको छ। लकडाउनले आर्थिक कारोबार बन्द रहँदा पैसाको गर्जो परेकाहरूले अचल सम्पत्ति धितो राख्ने क्रम बढेको देखिएको छ।

गत चैत ११ गतेदेखि बन्द भएका मालपोत कार्यालय असार १ गते खुलेसँगै देशभरका ८८ वटा मालपोत कार्यालयले जग्गा प्रशासनसँग सम्बन्धित विभिन्न काम गरेका छन्। ६३ वटा कार्यालयले घरजग्गा किनबेचको काम गर्दा ४२८ वटा घरजग्गा किनबेच भएका छन्।

लकडाउन हुनु अघिको सामान्य समयमा दैनिक ३ हजारभन्दा बढी घरजग्गा किनबेच, २ हजार बढी रोक्का र एक हजारभन्दा बढी फुकुवाको काम हुँदै आएको थियो।

लकडाउन खुलुको पारिएपछि खुलेका कार्यालयमा अहिले कारोबारको प्रकृति उल्टिएको छ। अहिले सबैभन्दा धेरै घरजग्गा धितो राख्ने काम भइरहेको छ। कारोबार खुलेको दिन ४२८ वटा घर जग्गा किनबेच हुँदा ६१६ वटा घरजग्गा रोक्का गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

रोक्काको तुलनामा फुकुवा गर्नेको संख्या एक तिहाइमात्रै छ। कार्यालय खुलेको पहिलो दिन २४८ वटा रोक्का जग्गा ऋण तिरेर फुकुवा गरिएको छ।

प्रदेश २ मा सर्वाधिक कारोबार

विभागको तथ्यांकअनुसार मुलुकका मालपोत कार्यालयहरूमध्ये सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा प्रदेश नम्बर २ को राजधानीसमेत रहेको जनकपुरस्थित मालपोत कार्यालय पहिलो नम्बरमा छ। असार १ गते जनकपुरमा ४२ वटा घरजग्गा किनबेच भएका छन्।

जनकपुरपछि प्रदेश २ को पर्सामा ३३, बारामा २५ र सिरहामा २०, लहानमा १६ र महोत्तरीमा १३ वटा घरजग्गा किनबेच भएका छन्।

धेरै कारोबार गर्ने अन्य कार्यालयहरुमा मकवानपुरमा १९, कलंकीमा १८, इनरुवा सुनसरीमा १७, कैलालीको धनगढीमा १६, दमकमा १५, सिन्धुलीमा १२, काभ्रेपालञ्चोक, रुपन्देही र विराटनगरमा १०/१० वटा घरजग्गा किनबेच भएका छन्।

कारोबार भएका ६३ कार्यालयमध्ये १५ कार्यालयले १० भन्दा बढी, १२ कार्यालयले ५ देखि ९ वटासम्म र ३६ कार्यालयले १ देखि ४ वटामात्रै घरजग्गा किनबेच गराएका छन्।

जनकपुर क्षेत्रमा किनबेच भएका जग्गा कृषियोग्य भन्दा पनि घरघडेरीतर्फका जग्गाको किनबेच बढी रहेको मालपोत कार्यालय जनकपुरका मालपोत अधिकृत सुशील ठाकुरले बताए।

पर्सामा पनि खुद्रा घर घडेरी जग्गाकै किनबेच बढी रहेको मालपोत कार्यालय पर्साका मालपोत अधिकृत मुकेशकुमार सिंहले बताए। अत्यावश्यक परेका मानिसहरु किनबेचको लागि आएको र ठूला प्लट जग्गा किनबेच नभएको उनले बताए।

उपत्यकाभित्र कलंकी र चाबहिलमा मात्रै दोहोरो अंकको कारोबार
उपत्यकामा मालपोत कार्यालय कलंकी र चाबहिलमा मात्रै दोहोरो अंकमा घरजग्गा किनबेच भएको छ। कलंकीमा १८ वटा घरजग्गा किनबेच हुँदा चाबहिलमा १० वटा घर जग्गा किनबेच भएका छन्।

कलंकीमा नयाँ जग्गा किनबेचभन्दा पनि पहिले नै लेनदेन भइसकेका घरजग्गा अहिले पास भएको मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत टेकराज अर्याल बताउँछन्। नयाँ जग्गा किनबेच गर्नेको संख्या एकदमै न्युन रहेको पनि उनले बताए।

८८ मध्ये ८२ कार्यालयमा रोक्काको काम

जग्गा धितोमा ऋण लिनेतर्फ पनि सबैभन्दा धेरै काम प्रदेश २ का कार्यालयहरुमा भएका छन्। जनकपुरमा ४२ वटा, पर्सामा ३०, लहानमा २०, जलेश्वरमा महोत्तरीमा १८ र बारामा १३ वटा घरजग्गा रोक्का गरिएको छ।

अन्य कार्यालयहरुमा सुर्खेतमा २३, मकवानपुर र सिन्धुलीमा २२/२२, दमक र महेन्द्रनगरमा १९/१९, धनगढी कैलालीमा १७, रुपन्देही र धादिङमा १६/१६, दोलखामा १५, कलंकी, लगनखेल र विराटनगरमा १४/१४, मनमैजुमा १३, टिकापुरमा १२, दाङ, सिन्धुपाल्चोक र डिल्लीबजारमा ११/११, चाबहिल, नवलपरासी पश्चिम र बुटवलमा १०/१० वटा घरजग्गा रोक्का गरिएको छ।

८२ कार्यालयमा घरजग्गा रोक्काको काम हुँदा २५ वटा कार्यालयमा १० देखि ४२ वटासम्म घरजग्गा रोक्का भएका छन्। २३ वटा कार्यालयले ५ देखि ९ वटासम्म र ४० वटा कार्यालयले १ देखि ४ वटासम्म मात्रै घरजग्गा रोक्का गरेका छन्।

२२ कार्यालयमा जग्गा किनबेच नहुँदा पनि धितो राख्नेको लाइन

मालपोत कार्यालय सल्यान, अर्घाखाँची, पर्वत, खोटाङ, जुम्ला, प्युठान, ओखलढुंगा, सोलुखुम्बु, इलाम, चितवन, खैरहनी चितवन, पाल्पा, राजापुर बर्दिया, इलामको मंगलबारे, मकवानपुरको शिखरकोट, चितवनको माडी, धनकुटा, संखुवासभाको खाँदबारी, भक्तपुर र घोराही दाङमा किनबेच शून्य हुँदा पनि घरजग्गा रोक्काको काम भने भएको छ।

नवलपरासी पश्चिम १० र दोलखामा १५ घर जग्गा रोक्काको काम भएको छ। जहाँ घरजग्गा किनबेच शून्य रहेको थियो।

५९ कार्यालयबाट २४८ घर जग्गा फुकुवा, ४ वटा कार्यालयमा मात्रै १० भन्दा बढी
८८ वटा कार्यालयमध्ये ५९ कार्यालयबाट घरजग्गा फुकुवा भएको छ। जसमा ४ वटा कार्यालयले १० भन्दा बढी घरजग्गा फुकुवा गर्दा ५५ वटा कार्यालयले १ देखि ९ वटा सम्म घरजग्गा फुकुवा गरेका छन्।

मालपोत कार्यालय महेन्द्रनगरबाट १४, दाङको घोराहीबाट १३, सुर्खेत र चाबहिलबाट ११/११ वटा घरजग्गा फुकुवा भएका छन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…