ब्राजिल बन्यो दोश्रो देश : एकैदिन थपिए ५५ हजार भन्दा बढी संक्रमित

पछिल्लो पटक कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको ब्राजिल विश्वमै कोरोना संक्रमितको संख्या १० लाख भन्दा बढी हुने दोस्रो देश बनेको छ।

दक्षिण अमेरिकी देश ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ हजार २ सय ९ जना संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ३८ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

यस्तै कोभिड–१९ बाट मृ त्यु हुनेको संख्या पनि लगातार बढी रहेको छ । लगातार चौथो दिन ब्राजिलमा १२ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट ज्या न गुमाउनेको संख्या ४९ हजार ९० पुगेको छ ।

परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन् । ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृ त्यु हुनेको संख्या धेरै छ । अमेरिकामा २२ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन् ।

त्यसमध्ये एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ । ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ ।

सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…