सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै जाहेरी दर्ता

काठमाडौं। जनता समाजवादीकी सांसद सरिता गिरीवि’रुद्ध जन्म कैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अभिवक्ता सन्तोष भण्डारीले जानकारी दिए।

गिरीलाई मुलुकी अ प रा ध संहिता, २०७४ को दफा ४९ को (५ क) उपदफा (१) वा (२) बमोजिमको कसुरमा का’रबा’ही गर्न माग गरिएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राज्यविरु’द्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ।

सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सक्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात हतियार वा खरखजना जम्मा गर्ने हातहतियारसहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानुनमा उल्लेख गरिएको छ ।

दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्न सक्ने गरी कुनै विदेशी राज्य, सरकार वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गर्ने वा गराउने गर्न नहुने व्यवस्था छ ।

जाहेरीमा उक्त कानुन व्यवस्थाविरुद्ध गिरीले षडयन्त्र गरेको भनिएको छ । सांसद गिरीलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। प्रहरीले अनुसनुधान सुरु गरिसकेको जानकारी दिएको अधिवक्ता भण्डारीले बताए।

गिरीले आधार र प्रमाणबिना कालापानी। लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरिएको भन्दै सरकारको संशोधन विधेयकमाथि प्रतिनिधिसभा बैठकमा संशोधन दर्ता गरेकी थिइन्।

उनको संशोधन प्रस्ताव संविधानको मतए विवरित रहेको भन्दै सभामुखले खारेज गरिदिएका थिए। उनले नयाँ नक्साको निर्णय र संविधान संशोधाविरुद्ध विभिन्न माध्यमबाट वक्तव्यवाजीसमेत गर्दै आएकी छिन्।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…