रोचक : एक पटक हाच्छ्युँ गर्दा एक लाख किटाणु बाहिर निस्कन्छन्, यस्तो छ हाच्छ्युँ आउनुको कारण

काठमाडौं । हाच्छ्युँ नआउने प्राय मानिस नै हुँदैनन् । केही व्यक्तिलाई धेरै र केहीलाई कम मात्र हाच्छ्युँ आउँछ । रुघाखोकीको समयमा भने हाच्छ्युँ सबैलाई आउँछ । आज हामीले हाच्छ्युँको कारण र हाच्छ्युँ आउँदा के हुन्छ भन्ने विषयमा रोचक जानकारी प्रस्तुत गरेका छौं ।

एक पटकमा एक लाख किटाणु बाहिर

हाच्छ्युँको गति सय माइल प्रतिघन्टा हुने अनुमान गरिएको छ । एक पटकको हाच्छ्युँमा झण्डै एक लाख किटाणु बाहिर जाने गरेको विभिन्न अध्ययनको अनुमान छ ।

हाच्छ्युँ निद्रामा आउँदैन किनकि सुत्दाखेरी हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुन्छन् । हाच्छ्युँ आउनुलाई धार्मिक मान्यतामा नराम्रो मानिन्छ । तर वैज्ञानिक रुपमा भने यो राम्रो नराम्रो दुवै हो ।

हाम्रो परम्परागत सोचाइमा साइतको बेलामा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भन्ने मान्यता छ । यात्राको सुरुवातमै हाच्छ्युँ आएमा केहीबेर रोकेर यात्रा गर्ने चलनसमेत छ । तर यसो गर्नु गलत हो ।

हाच्छ्युँ रोक्दा शरीरलाई नोक्सानी हुन्छ । एक पटक हाच्छ्युँ गर्दा झण्डै १ लाख किटाणु हाम्रो शरीरबाट बाहिरिन्छन् भन्ने वैज्ञानिक रुपमा पुष्टि भैसकेको कुरा हो ।

हाच्छ्युँको कारण के हो ?

शरीरको रोगप्रतिरोधात्मक क्षमताकै एक अंग हाच्छ्युँ हो । हामीले हाच्छ्युँ गर्नु भनेको रोगसँग लड्ने क्षमताको प्रदर्शन पनि हो ।

फोक्सोबाट हावा नाक र मुखको बाटो हुँदै तीव्र गतिमा बाहिर आउँछ । नाकमा बाहिरी कण घुस्दा नाकको झिल्ली चिलाउँछ वा फुल्छ । यसो हुँदा नाकले यो सन्देश मस्तिष्कसम्म लग्छ र मस्तिष्कले नै कणलाई शरीरबाहिर मांसपेशीहरूलाई हटाउन आदेश दिन्छ । यस्तो अवस्थामा हाच्छ्युँ आउँछ ।

हाच्छ्युँको माध्यमले यस्ता हानिकारक कणलाई शरीरबाट बाहिर निकाल्छ । त्यति मात्र होइन, हाच्छ्युँ गर्दा पेट, छाती, डायफ्राम, घाँटी र आँखासमेत सक्रिय हुन्छन् ।

हाच्छ्युँ रोक्दा के हुन्छ ?

शुभ वा अशुभको पछि लागेर हाच्छ्युँ रोक्न खोज्दा हाम्रो शरीरलाई नकारात्मक असर पुग्छ । हामीले हाच्छ्युँ रोक्दा बाहिर निस्कनुपर्ने हावा अन्य अंगतिर मोडिन्छ । त्यसरी हावा अन्य अंगतिर गएपछि किटाणुसमेत हाम्रो शरीरमै रहन्छन् ।

हाच्छ्युँ नगर्दा धेरै असर कानको जालीलाई पुग्छ । आँखा र घाँटीको पछाडिको भागलाई समेत नकारात्मक असर पुग्छ । लगातार यसो गर्दा हृदयघात र दिमागमा क्षतिसम्म हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

हामीले जुनसुकै अवस्थामा हाच्छ्युँ रोक्नु हुँदैन । यसलाई शरीरको प्राकृतिक प्रक्रियाकै रूपमा लिन पर्छ । भीडभाडमा हुनुहुन्छ भने बरू हाच्छ्युँ गर्ने बेलामा नाकमुखमा रुमाल राख्नुस् । त्यसो गर्दा अन्य व्यक्तिलाई संक्रमण हुन पाउँदैन ।

सूर्यको किरण नाको भित्रि तहमा परेको अवस्थामा हाच्छ्युँ गराउने सिस्टम सक्रिय भएर तपाईँलाई हाच्छ्युँ आउँछ । बेलाबेलामा माथि सूर्यको प्रकाश तर्फ फर्किएर हाच्छ्युँ गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

एजेन्सीको सहयोगमा

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…