अन्य दूताबासहरुले पनि ओमानस्थित नेपाली दूताबासबाट केही सिक्ने कि ?

योगेन्द्र योगी

दोहा : प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क गर्दा फोन नउठाउने गरेको समस्या सार्वजानिक भइरहेको बेला ओमानस्थित नेपाली दूताबासले भने एक सराहनीय काम गरेको छ ।

दूतावासले आफ्ना नागरिकलाई सरकारले तोकेको भाडादर भन्दा सस्तोमा नेपाल पठाएर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रशंनीय काम गरेकी छिन् ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण पहिलो चार्टर उडानमार्फत् ओमानबाट १६६ यात्रु नेपाल फर्किसकेका छन् ।

उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो।

विमानस्थलमा उपस्थित सम्पूर्ण नेपालीहरुलाई राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि नमस्कार गर्दै उनीहरूको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् ।

यात्रुहरूले स्वदेश फर्कने अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद दिएका थिए । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका थियो।

यसैगरी दोस्रो चार्टर उडान जुन १८ मा हुने गरी कार्य प्रक्रिया अगाडि बढाइएको छ। तसर्थ अन्य खाडी देशहरुबाट धमाधम उडान रद्द भैरहेको बेला ओमानस्थित नेपाली दूताबासले गरेको यो कार्यबाट अन्य देशमा रहेका नेपाली दूताबासहरुले पनि अब केहि सिक्ने कि ?

तस्बिरमा : बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…