बेसारका अनगिन्ती फाइदा : एक चिम्टी बेसार तातोपानीसँग बिहान बेलुका खाँदा हुन्छ नसोचेको फाइदा

आरबी बुढाथोकी 

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक कोरोना भाइरसको उपचारमा बेसार प्रयोगलालाइ लिएर टिप्पणी दिएपछि यतिबेला उनको सर्वत्र आलोचना भइरहेको छ।  यसअघि बेसार र तातोपानी खाएर कोरोना भाइरससँग जित्न सकिने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ‌ओली फेरि बिहीबार बेसार महात्म्यसहित संसदमा उपस्थित भए।

आफ्नो बेसार ज्ञानप्रति कटाक्ष गर्नेहरुलाई जवाफ दिन तयार भएर राष्ट्रिय सभामा उपस्थित भएका प्रधानमन्त्रीले एकपछि अर्को गर्दै बेसारको गुण सुनाए। साथमा उनले कस्तो कस्तो अवस्थामा बेसार खान नहुने भन्ने पनि जोड दिँदै सांसदहरुसमक्ष प्रस्तुत गरे।

के स्वास्थ्यका लागि बेसार फाइदाजनक छ ?  सोल्टी क्राउन प्लाजाका सु–सेफ आरबी बुढाथोकीले स्वास्थ्य खबरमा लेख्नुभएको थियो ‘शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।

पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाइन्छ। तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व बुझ्न सकिएको छैन।

भनिन्छ, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ। वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ।

विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन्। एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।

बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ। बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ।

– लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

– बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

– बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

– विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

– पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

– मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

– कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

– यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

– धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

– १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

– ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

– डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

– दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

– छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

– नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

– हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

– बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।
– सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।

-औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु–सेफ हुन्) साभार : स्वास्थ्य खबरबाट

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…