कतारबाट फर्कने नेपालीहरुको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

काठमाण्डौ । कतारबाट कोरोना जाँच नगरी नेपालीहरु स्वदेश फर्काइने भएको छ ।

कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले त्यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाइने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेअनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले भनेको छ, ‘दोहाबाट फर्कने नेपालीको विमानस्थलमा ज्वरो मापन गरिने छ, साथै “Ehteraz मोबाइल एप’ मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने छन् ।’ यो कतार सरकारले जारी गरेको एप हो । त्यसैले स्वदेश फर्कने नेपालीलाई यो एप अनिवार्य रुपमा चलाउन पनि दूतावासले अनुरोध गरेको छ । यो एप डाउनलोड गरेर कतारी आईडी, भिसा नम्बर राखेर आफूलाई दर्ता गर्न सकिन्छ ।

कतारबाट पहिलो उडान पर्सि शनिबार नेपाल एअरलाइन्सले भर्दैछ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले भर्नेछ ।

कतारबाट नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यो सूची कतारको सम्बन्धित निकायले पारित गरिसकेको छ । यस्तै हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको सूची दूतावासले तयार गरेको छ ।

जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची दूतावासले सार्वजनिक गरेको छ ।

नेपाल एअरलाइन्सले कतारबाट अर्को उडान पनि भर्नेछ । तर मिति भने तय नभएको दूतावासले जनाएको छ ।

भर्खरै प्रकाशित

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…

ड्राइगन चाइनिज नाम भएको भन्दै भारतमा ड्राइगन फ्रुटको नाम परिवर्तन…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातले ड्य्रागन फ्रुटको नाम परिवर्तन गर्न खोजेको छ । ड्य्रागनले चीनलाई सम्झाउने भएकाले नाम परिवर्तन गर्न खोजिएको हो । त्यस…

भारतले सहयोगमा दिएको भ्याक्सिन नेपाल आइपुग्यो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो…

वर्षभरीको पाप पखाल्न माइनस १४ डिग्रीको पानीमा डुबुल्की मारे रुसी…

मंगलबार ६८ वर्षीय रूसी राष्ट्रपति भ्लादिमिर पुटिन राजधानी मास्कोको नजिक शून्य १४ डिग्री सेल्सियसमा एउटा क्रस आकारको पुलमा डुबेका थिए। पुटिन आइस जमेको पानीमा डुबेको…

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…