क्षेत्रीय शक्तिको रुपमा प्रभाव जमाउँदै गरेको भारत तीनतिर छिमेकीसँग सीमा विवादको झमेलामा

नयाँदिल्ली । क्षेत्रीय शक्तिको रुपमा प्रभाव जमाउँदै गरेको भारत यतिबेला सीमा विवादको झमेलामा फसेको छ ।

चीन सहित तीन देशसँग सीमा विवाद भारतका लागि यतिबेला चुनौती बनेको छ । यसमध्ये चीनसँगको विवाद तनावग्रस्त बन्दैगएको छ । गलवान क्षेत्रमा हालै भएको भीड न्त मा २० भारतीय सेना मा रि नु भारतका लागि अप्रिय घटना बनेको छ । गलवानमा भारतले चिनियाँ सेना पनि हताहत भएको दावी गरे पनि अहिलेसम्म पुष्टि गर्न सकेको छैन ।

चीनले भने उक्त भी डन्त आफ्नो कारण नभएको भन्दै थप प्रतिक्रिया दिएको छैन । मिडिया रिपोर्टका अनुसार चीनले पछिल्लो समय गलवान क्षेत्रमा थप सेना तैनाथ गरेको छ । त्यसो त, केही महिनादेखि नै गलवान क्षेत्रमा भारत र चीनका सेनाहरुबीच विना हति-यार झडप हुँदैआएका थिए ।

भारतका सेनाप्रमुख समेत उक्त क्षेत्रको भ्रमणमा गएका थिए । सैनिक टोलीले गस्ती गरेको थियो । सीमा क्षेत्रमा केही महिनादेखिको विवाद सल्टाउन सेनाबीच वार्ता भएको दुई साता नबित्दै अचानक भी’ड’न्त भएको हो ।

यसलाई लिएर भारत सरकारले पनि उक्त घट’नाको जवाफ दिने प्रतिक्रिया दिएको छ । सीमा क्षेत्रको अवस्थालाई लिएर चीनसँग भारतको सम्बन्ध थप बिग्रने अपेक्षा गरिएको छ । यस्तै मित्रराष्ट्रको रुपमा रहँदैआएको नेपालसँग पनि भारतको सम्बन्ध चिसिन थालेको छ । सीमा विवादलाई नै लिएर नेपाल र भारतबीच सम्बन्ध बिग्रिएको हो ।

खासगरी भारतका रक्षामन्त्री राजनाथ सिंहले धार्चुलादेखि नेपालको भूभाग लिम्पियाधुरा हुँदै चीनको तिब्बतसम्म लिंक रोडक उद्घाटन गरेपछि सम्बन्धमा दरार आएको हो । विवादित क्षेत्रको रुपमा रहेको जमिनमा भारत सरकारले नेपालको जानकारी विना नै गतिविधि गरेपछि भारतप्रति रुष्ट बन्दै पत्र समेत पठाएको थियो ।

नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्दै नयाँ नक्सा जारी गरिदियो । जसले गर्दा भारतीय नेताहरु झस्किए । पछिल्लो समय रक्षामन्त्री, सेनाप्रमुख र सत्तारुढ दल भाजपाका वरिष्ठ नेताहरुले समेत नेपालसँगको सम्बन्ध ऐतिहासिक रहेको भन्दै वार्ताबाट समाधान खोजिनुपर्ने बताउन थालेका छन् ।

पछिल्लो झण्डै ५० वर्षपछि पहिलो पटक भारत र चीनका सेनाबीच मानवीय क्षति हुने गरी हिं’सा’त्म’क भीडन्त भएको हो । त्यसो त, नेपालसँग पनि भारतको सम्बन्ध दशकौंयता सबैभन्दा नराम्रो रुपमा बिग्रिनसक्ने आंकलन गरिएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकको मुद्दा वर्षौँदेखि विवादित रहे पनि पछिल्लो समय यसैकारण नेपालले नक्सा सार्वजनिक गर्दै भारतलाई धक्का दिएको छ । जुन भारतका लागि एक ठूलो चुनौतीको रुपमा खडा बनेको छ ।

यता पाकिस्तानसँग बिग्रँदै गरेको भारतको सम्बन्ध थप उत्कर्षमा पुगेको छ । कश्मीर मुद्दालाई लिएर भारतविरुद्ध पछिल्लो एक वर्षयता पाकिस्तानले विभिन्न अन्तर्राष्ट्रिय फोरममा समेत कुरा उठाउँदैआएको छ ।

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…