नेपालको नाम जोडेर भारतलाई चीनको चेतावनी : भारतले चीन, पाकिस्तान र नेपाली सेनाको दबाब झेल्नुपर्ने’

काठमाडौं। गलवान उपत्यकामा भारत र चीनको झडप भएपछि चीले भारतलाई कडा चेतावनी दिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले सीमा क्षेत्रमा तनाव बढेमा भारतले चीनका साथै पाकिस्तानी र नेपाली सेनाको समेत दबाब झेल्नुपर्ने चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सले सांकेतिक रुपमा तनाव बढेमा पाकिस्तान र नेपालले चीनको साथ दिने चेतावनी दिएको हो । सोमबार राती भएको झ’ड’पमा २० जना भारतीय सैनिक मा’रिएको पुष्टि भएको छ । चीनतर्फ पनि ठूलै क्षति भएको दावी गरिएको छ तर आधिकारिक जानकारी आएको छैन ।

शांघाइ एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हु झियोंगको लेखमा अगाडि लेखिएको छ ‘अहिले भारतको चीनका साथै नेपाल र पाकिस्तानसँग पनि सीमा विवाद चलिरहेको छ । पाकिस्तान र चीनको नतिकको सम्बन्ध छ । नेपाल पनि हाम्रो सहयोगी हो ।

दुवै देश चीनको वन बेल्ट वन रोड परियोजनाका अंग हुन् ।’ ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र मानिन्छ र यसमा प्रकाशित लेखहरुलाई चीन सरकारको आधिकारिक दृष्टिकोणका रुपमा लिइन्छ ।

झियोंगले अगाडि लेखेका छन् ‘यदि भारतले सीमामा तनाव बढाएमा उसले तीन मोर्चामा सैन्य दबाबको सामना गर्नुपर्नेछ । उसको सेनासँग यति क्षमता छैन कि उसले यो दबाबलाई झेल्न सकोस् ।

यसले भारतको गम्भीर पराजय हुन सक्छ ।’ झियोंगका अनुसार चीनले एलएसी बदल्न चाहँदेन । उनले गलवान घाटीमा भएका घटनामा भारतीय सेना जिम्मेवार भएको बताउँदै भारतीय सेनाले नै चिनियाँ सेनालाई उक्साएको आरोप लगाएका छन् ।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…