यातायात व्यवसाय डुबे बैंक पनि डुब्छ : सरोज सिटौला

काठमाडौं । नेपालमा ४ लाख सवारीसाधन दर्ता भएका छन् । यो तथ्यांक यात्रुवहाक र मालवहाक दुबैको हो । यी सवारी साधनमा ६० प्रतिशत स्वरोजगार छन् । यातायात विभागमा दर्ता भएको यस्ता सवारी साधनमा बैंकहरूको ८० प्रतिशत लगानी रहेको छ ।

सवारी साधनमा कुल १० खर्ब लगानी भएको छ । २० प्रतिशत लागनीमात्रै व्यवसायीहरूले गरेका छन् । यसको अर्थ यो व्यवसाय डुब्यो भने सार्वजनिक सवारी साधनमा भएको बैंक तथा वित्तीय संस्थाको आठ खर्ब लगानी डुब्ने अवस्था पुग्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

‘गाडी थन्काएको तीन महिना पुग्न लागिसक्यो,’ उनले भने ‘सर्भिस नगरी सवारी साधन चलाउन सक्ने अवस्था छैन ।’ आम्दानी नभइ बैंकको कर्जा र ब्याज तिर्न सकिदैन ।’ अब पनि सार्वजनिक सवारी साधन सञ्चालन गरिएन भने हामी कर्जाको सावा र ब्याज तिर्न सक्ने अवस्थामा हुँदैनौ ।’ यस्तो अवस्थामा हामीसँग बैंकलाई गाडी बुझाउनेको विकल्प रहँदैन ।

सरकारले आम सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै यसमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका शर्तहरू पुरा गरेर सार्वजनिक यातायातहरू सञ्चालनमा ल्याउनु पर्ने उनले बताए । उनले भने ‘सवारी चालक, सवारी साधन सञ्चालन गर्न सहयोग गर्ने सहयोगी (कन्डक्टर) का साथै यात्रुको स्वास्थ्यको पनि सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । सवारी साधन सञ्चालन गर्ने वातावरण सरकारले सिर्जना गरिदिनु पर्ने उनले बताए ।

सवारी साधनको प्रकार अनुसार सञ्चालन गर्ने मापदण्ड र हामीलाई विशेष राहत प्याकेज चाहिन्छ ।’ नत्र व्यवसायी त डुब्छन् नै व्यवसायीका साथसाथै बैंक पनि डुब्ने निश्चित भएको छ । त्यसैले व्यवसायीको व्यवसाय र बैंक दुबै बचाउन र अर्थतन्त्रलाई चलायमान गराउन यातायात व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउनु दिनु पर्छ ।’

सार्वजनिक सवारी साधन भनेको अर्थतन्त्रको रक्त सञ्चार भएको बताउँदै उनले भने ‘यो बिना अर्थतन्त्र चलायमान हुन सक्दैन । हिजोदेखि पसलहरू खुले । लकडाउनपछि खुलेका पसलमा ग्राहक छैनन् । ग्राहकहरू नगएपछि पसल खुल्नुको अर्थ छैन ।

सामाजिक दूरी कायम गरेर सञ्चालन गर्नुपर्ने सवारी साधनमा क्षमताको आधा (५०प्रतिश)मात्र यात्रु राख्नु पर्ने हुन्छ । आधा यात्रु राखेर सवारी साधन सञ्चालन गर्दा कसरी व्यवसाय सञ्चालन गर्नु र बैंकको किस्ता तिर्नु हामी दुविधामा परेका छौं,’ सिटौलाले भने ‘देशको अर्थतन्त्र चलायमान गराउन सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ र आधा क्षमतामा सवारी साधन चलाउँदा यसबाट हुने नोक्सानको व्यवस्थापन सरकारले मिलाइ दिनुपर्छ ।’

नेपालमा सार्वजनिक सवारी साधन व्यवसायमा १० लाखले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रुपमा यस व्यवसायमा ४० देखि ५० लाख आश्रित रहेको सिटौलाले बताए ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…