भदौमा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने, संक्रमित ५० हजार कट्ने प्रक्षेपण

काठमाडौं , ३ असार । नेपालमा भदौ महिनामा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुग्ने आँकलन गरिएको छ । केरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले सो कुरा बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनले संसारभरको अवस्था हेर्दा साउनमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको थियो । नेपालमा एक महिना थपिएर भदौमा पुग्ने प्रक्षेपण सीसीएमसीको छ ।

अहिलेको संक्रमितको दर र फैलावट हेर्दा भदौको आधाआधी लाग्न सक्ने निष्कर्ष निकालिएको उनले बताएका हुन् । “लकडाउन खुकुलो तुल्याएर जनजीवनलाई केही सहजीकरण गरेका छौं ।

कोरोना सङ्क्रमण घट्दो क्रममा रहेकाले होइन । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको छ । यसमा तलमाथि हुनसक्छ,” मन्त्रालयमा पत्रकारहरूसँगको सामुहिक भेटघाटमा पोखरेलले भने ।

पोखरेलले अहिलेसम्म कोभिड–१९ नियन्त्रणमै रहेको दाबी गर्दै दैनिक दश हजार स्वाब परीक्षण गरिने बताए । “अहिले दैनिक ६ सय स्वाब परीक्षण हुँदै आएको छ । अब हामी छिट्टै बढाएर दश हजार पु¥याउँछौं । परीक्षण बढ्ने बित्तिकै कोरोनाको फैलावट थाहा हुन्छ । थप कदम चाल्न सजिलो हुन्छ,” उनले भने ।

बुधबार अपराह्नसम्म देशभर १ लाख ४९ हजार ७ सय ७२ पीसीआर टेस्ट गरिएको छ । नेपालमा हालसम्म ७ हजार एक सय ४४ जनामा संक्रमण देखिएको छ । केही दिनयता दैनिक पाँच सयको संख्यामा संक्रमण हुन थालेको छ। यही हिसाबले भदौसम्म संक्रमितको संख्या ५० हजार पुग्ने जोखिम छ ।

हाल नेपालमा संक्रमितमध्ये ७५ प्रतिशत भारतबाट आएकाहरु छन् । गत सातादेखि लकडाउन खुुकुलो भएसँगै संक्रमण फैलने जोखिम समेत बढेको छ ।-

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…