अमेरिकाको विरोधलाइ छिचोल्दै हुवावे बन्यो नम्बर १ स्मार्टफोन निर्माता

अमेरिकाले प्रतिबन्ध लगाए पश्चात हुवावेको स्मार्टफोन बिक्रीमा गिरावट आउन थालेको थियो । तर कोरोनाभाइरसको महामारीको बीचमा हुवावेले सामसंगले भन्दा पनि धेरै स्मार्टफोनहरू विक्री गर्न सफल भएको छ ।

काउन्टर पोइन्टको डेटा अनुसार गत अप्रिल महिनामा हुवावेले संसार कै सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्न सफल भएको छ । उक्त एक महिनाको समयमा हुवावेको बजार हिस्सा १९ प्रतिशत रहेको थियो भने सामसंगको बजार हिस्सा केवल १७ प्रतिशत रहेको थियो ।

हुवावेको स्मार्टफोनमा आएको अप्रत्याशित वृद्धि अझै कति सम्म टिक्ने हो भन्ने कुराको चाहिँ केहि टुंगो छैन किन कि हुवावेले अझै पनि गुगलका सेवाहरू प्रयोग गर्न पाएको छैन । यसै गरेर संसार कै सबैभन्दा ठूलो माइक्रोप्रोसेसर बनाउने फ्याक्ट्री भएको कम्पनी टिएसएमसीसँग पनि हुवावेले व्यापार गर्न नपाउने हुन सक्ने भएको छ ।

टिएसएमसीसँगको व्यापार सम्झौता पनि रद्द भएको खण्डमा हुवावेलेलाई निकै नै ठूलो झट्का लाग्ने छ किन कि हुवावेले आफ्नो स्मार्टफोनहरूका लागि काम लाग्ने प्रोसेसरहरू टिएसएमसीबाट नै निर्माण गर्दै आएको छ । हुवावे नै टिएसएमसीको दोस्रो सबैभन्दा ठूलो ग्राहक रहेको छ । यसले गरेर टिएसएमसीलाई पनि ठूलो आर्थिक क्षति हुने भएको छ ।

कोरोनाभाइरसको महामारीको बीचमा हुवावेको स्मार्टफोन बिक्री संख्या बढे पनि हुवावेले अब आउने समयमा आफ्नो स्मार्टफोनको बिक्री २०% सम्म कम हुने अपेक्षा राखेको छ ।

हुवावेले सामसंगलाई एक महिनाको लागि मात्र जिते पनि सामसंग स्मार्टफोनको औसत बिक्री मूल्य भने उच्च रहेको छ । यसर्थ उपभोक्ताले हुवावेको बजेट र मिडरेन्ज स्मार्टफोनहरू धेरै खरिद गरेका छन् भने सामसंगको फ्ल्याग्शिप स्मार्टफोनहरू धेरै खरिद गरेका छन् ।

भर्खरै प्रकाशित

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको…

यो हो करोडौँमा तस्करी हुने संसारकै विषालु भ्यागुतो

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन्…

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…