सप्तरीमा बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीको दबाब, नमाने भत्काइदिने धम्की

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ का विनोद सदा सीमासँगै जोडिएको मनसुकी टोलमै जन्मिए, हुर्किए र अहिले वृद्ध अवस्थामा पुगे।

उमेरले ६० वर्ष पार गरिसकेका सदालाई काल नआएसम्म मनसुकी टोलमै बसेर नेपाली भूमि र समूदायको रक्षा गर्ने इच्छा छ। तर यतिबेला भने विनोदलाई भारतीय सुरक्षाकर्मीको दवाबले चिन्ता थपिएको छ।

विनोदसहित मनसुकी टोलमा ७५ परिवार मुसहर समूदाय चार पुस्तादेखि बसोवास गर्दे आएका छन्। केही समयदेखि बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीले पटक पटक दवाब दिँदै आएकोमा यतिबेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेको सदाले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिए। ३ सय मुसहर समूदायको बसोवास रहेको बस्ती नै भत्काइदिने धम्कीका कारण उनीहरुलाई उठिवास हुने चिन्ताले पिरोलेको छ।

भूमिहिन मुसहर समूदायलाई अन्यत्र ओत लाग्ने ठाउँसमेत नरहेको तथा बन्दाबन्दीले अभावग्रस्त दैनिकी चलिरहेको बेला भारतीय सुरक्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन्।

मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएका छन्।

भर्खरै प्रकाशित

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको…

यो हो करोडौँमा तस्करी हुने संसारकै विषालु भ्यागुतो

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन्…

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…