भारत प्रवेश गर्न लागेकी सरिता गिरीलाई नाकाबाट फर्काइयो

सिराहा, २ असार । भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।

चालक र गाडीसहित गिरी आज दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले फर्काएको बुझिएको छ ।

सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ ।
गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन्। रिपोटर्स नेपाल 

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…