भारतीय तस्कर समूहले सशस्त्र प्रहरीका एक जवानलाई घिसार्दै भारतीय भूमितर्फ लगे

झापा । नेपालको पुर्वी सिमाना झापा जिल्लाको भारतीय सिमातर्फबाट ज बर्ज स्ती सामान लिएर नेपाल प्रवेश गर्न खोज्दा नेपाली सुरक्षाकर्मी र अवैध रुपमा सामान ल्याउनेहरुबीच बारम्वार झडप हुन थालेको छ।

नेपाली सुरक्षाकर्मीले प्रतिकार गर्दा झापा गाउँपालिका १ लसुनामा सोमबार बेलुका तस्करहरुले नेपालको सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई फेरि आ क्र मण गरेका छन् ।

तस्करहरुले जबरजस्ती हार्डवेयरका सामग्री लिएर नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्न खोजेपछि सुरक्षाकर्मीमाथि आ क्र मण भएको बताइएको छ । तस्करहरुको समूहले आ क्र मण गरी सुरक्षाकर्मीलाई घिसार्न थालेपछि सशस्त्र प्रहरीले गुहार मागेका थिए ।

२०-२५ जनाको संख्यामा आएका तस्करहरुले शसस्त्रका एकजना जवानलाई घिसार्दै भारततर्फ लगेका थिए ।सुरक्षाकर्मीलाई तस्करको समूहले घिसार्दै भारतीय भूमितर्फ लगेपछि सुरक्षाकर्मीलाई स्थानीयहरुले सहयोग गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए।

तस्करहरुले सामान लिएर जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि उक्त स्थानमा केही समय तनाब भएको भएपनि आज मंगलबार भने स्थिति सामान्य रहेको अध्यक्ष साहले जानकारी दिएका छ्न ।

भर्खरै प्रकाशित

अंकमाल गर्दै विदा भए एमाले-माओवादी

धरान । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई एथावतको फैसला सुनाएपछि सुनसरीका विभिन्न स्थानमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको…

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्। १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको ‘इन्टरनेसनल…

‘मैले कोरेकै गोरेटोमा आइपुगे भन्दै’ विप्लवको नाम लिएर यस्तो भने…

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनैपर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा…

केपी ओली एकदमै गन्हाउने कुहिएको अण्डा, त्यसलाई गाडिन्छ या जलाइन्छ…

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू एकदमै राम्रा पनि हुने र ती बिग्रिन थाले भने कुहिएको अण्डा हुने बताएका छन्। अहिले प्रधानमन्त्री त्यही कुहिएको अण्डा भएको…

दुई दशकपछि मेलम्चीको पानी काठमाडौं झर्यो

काठमाडौँ, २२ फागुन । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची…