केपी ओली सत्ताबाट हटेपछि मात्रै नेपालसँग संवाद गर्ने भारत सरकारको धारणा

काठमाडौं। नेपाल–भारत सीमा विवादका विषयमा भारतले आफ्नो तर्फबाट वार्ताको पहल नगर्ने भन्दै भारतीय संचारमाध्यमले धमाधम समाचार दिन थालेका छन्। भारतले सीमा विवाद नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं सृजना गरेको आरोप समेत लगाएको छ।

स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यम दैनिक भाष्करले लेखेको छ, ‘सीमा विवाद नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सृजना गरेका हुन्। भारतसँग वार्ता नगरी एकतर्फी रुपमा ओलीले फैसला लिएका हुन्। अब वार्ताको सकारात्मक महोल बनाउने जिम्मा पनि ओलीकै हो।’

समाचारमा भारत सरकारले कयौं पटक नेपालसँग वार्ता गर्ने कोशिश गरेपनि नेपाल सरकारले त्यसलाई बेवास्ता गर्दै एकतर्फी रुपमा नक्सा जारी गरेको आरोप लगाइएको छ।

समाचारमा प्रधानमन्त्री ओलीले राजनीतिक फाइदा उठाउन नयाँ नक्सा जारी गरेर त्यसलाई संविधान संशोधनमार्फत वैधानिकता दिएको दाबी गरिएको छ। नयाँ नक्सा जारी गर्दा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता गर्न आवश्यक नठानेको दाबी समाचारमा गरिएको छ।

जबकि नेपालले भारतद्वारा नेपाली भूमि अतिक्रमित गरेर नयाँ नक्सा जारी गरेपछि विज्ञप्ति जारी गरेर त्यसलाई अस्वीकार गरेको थियो भने वार्तमार्फत समस्याको समाधान गर्न पटक पटक आग्रह गरेको थियो। अहिले पनि नेपालले वार्तामार्फत नै समस्याको समाधान गर्ने भन्दै वार्ताका लागि भारतलाई आग्रह गर्दै आएको छ।

तर भारतीय संचारमाध्यमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटस्थहरुले नेपालसँग वार्ता नगर्ने र ओली सत्ताबाट हटेपछि मात्रै संवाद गर्ने धारणा सार्वजनिक गर्न लागेका छन्।

यो समूहले भारतीय परराष्ट्र सचिव स्तरीय वार्ताका लागि पहल गरको भन्दै आफ्नो बचाउ गरेको छ। तर नेपालको परराष्ट्र मन्त्रालयले आफूले पटक पटक वार्ताको पहल गरेको तर भारतले नमानेको बताउँदै आएको छ।

भारतको सो आरोपलाई थप बल पुग्ने गरी दैनिक भाष्करले लेखेको छ, ‘भारत सरकारका विदेश सचिवले कयौं पटक नेपालका आफ्ना समकक्षीलाई फोन गरे। भिडियो सम्वादको प्रयास पनि गरे। विवादित ठाउँमा भ्रमण गर्ने प्रस्ताव गरेका थिए। तर नेपाल सरकारले यी सबै विषयलाई नजरअन्दान गर्दै आएको छ।’

भारतले लिपुलेकदेखि धारचुलासम्म सडक निर्माण गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले ८ मेमा भिडियो कन्फ्रेन्समार्फत सडकको उद्घाटन गरेका थिए। सो विषयमा नेपाल सरकारले विरोध जनाउँदै १८ मे मा नयाँ नक्सा जारी गरेको थियो। नेपालले नयाँ नक्सा जारी गरेको विषयमा भारतले आपत्ति जनाउँदै आएको छ।

भारतले भनेको थियो–यो ऐतिहासिक तथ्यमा आधारित छैन। केही समय अगाडि भारतीय सेनापति जनरल एमएम नरभाणेले चीनको नाम नलिइकन नेपालल कसैको उक्साहटमा यो काम गरेको आरोप लगाएएका थिए।

विवादित विषय के हो?

नेपाल र ईस्ट इण्डिया कम्पनीबीच १८१६ मा एंग्लो–नेपाल युद्धपछि सुगौली सन्धिमा हस्ताक्षर भएको थियो। सम्झौतामा काली नदी नेपाल र भारतको पश्चिमी सीमाका रुपमा देखाइएको छ।

यसै आधारमा नेपाल लिपुलेक र अन्य क्षेत्रमा आफ्नो अधिकार क्षेत्र भएको दाबी गर्दै आएको छ। भारतीय संचारमाध्यमहरुको सिलसिलेबार एकपछि अर्को गर्दै नेपाल विरुद्ध भ्रमक समाचारहरु वप्रकाशि हुँदै गर्दा नेपालमा भने भारतीय संचारमाध्यमसहति भारत विरोधी भावना बढ्दै गएको देखिएको छ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…