भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जोडीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाटै विबाह भएको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित क्वारेन्टाइनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरतमणि अर्यालले जानकारी दिनुभयो ।
‘भारतबाट आएर क्वारेन्टाइनमा बस्नु भएको थियो । मायाँ प्रेम र चिनजान भारतमै भएको रहेछ’उहाँले भन्नुभयो–‘क्वारेन्टाइननमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विबाह भयो ।’
क्वारेन्टाइन नजिक वर, पिपलको रुखमुनी बैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन ।
‘एक हप्तासम्म अलग अलग बस्न भनिएको छ’उहाँले भन्नुभयो–‘क्वारेन्टाइनमा बसेका मध्य चार जनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्समार्फत आइसोलेशनमा लगियो भने, रिपोर्ट नेगेटिभ आएको जोडीको विबाह गरेर घर जानु भयो ।’
विबाह बन्धमा बाँधिएका पुरुष २३ बर्षका र महिला २१ बर्षका हुनुहुन्छ ।