युएई दूतावासका कर्मचारीको रुखो जवाफ- उद्धार गर्ने काम हाम्रो होइन, तपाईं आफैंको हो !

२ असार, युएई । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्धबारेको सूचना आइतबारै दूतावासले दुतावासको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

स्वदेश फर्काइदिन माग गर्दै दूतावास पुगे पीडित

तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरु श्रम गरेर आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो ।

दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरुलाई सम्झाउँदै थिए । आफूहरु पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

तर कर्मचारीहरुले उद्धार गर्ने काम आफूहरुको नरहेको भन्दै रुखो जवाफ फर्काएका थिए । दूतावासका कर्मचारीहरुको व्यवहारले पीडित झनै आक्रोशित बनेका छन् ।

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…