कतारबाट नेपाली श्रमिक उद्दारगरी ल्याउन जुन १६ र १७ मा तय भएको उडान स्थगित भएको नेपाली दुतावास कतारले जनाएको छ। दुतावासले आफ्नो फेसबुक पेजमा सूचना जारी गर्दै जुन १६ मा नेपाल एयरलाइन्स र जुन १७ मा हिमालय एयरलाइन्सको तय भएको उडान प्राविधिक कारणले हुन नसक्ने जानकारी दिएको छ।
दुतावासले फेसबुक पेजमा जारी गरेको सूचना यस प्रकार छ।
जरुरी सूचना ।
गत २०७७ जेठ ३० गते यस राजदूतावासबाट जारी भएको सूचनामा उल्लेख गरिए अनुसार दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।
उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने व्यहोरा समेत सबैमा अनुरोध छ ।
नेपाली राजदूतावास, दोहा
२०७७ असार १