७५ प्रतिशत म्यानपावरले व्यवसाय नविकरण गर्न सक्दैनन्, इजाजत रद्द हुने प्रावधान हटाउ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले न्युनतम एक सय कामदार नपठाए म्यानपावर व्यवसायीकाे इजाजत रद्द हुने प्रावधान हटाउन सरकारसँग माग गरेको छ। सरकारले लागू गरेको बाध्यकारी व्यवस्थाले ७५ प्रतिशत म्यानपावर व्यवसायीले नविकरण गर्न नसक्ने कांग्रेसले जनाएको छ।

‘वार्षिक १०० जना कामदार पठाउनुपर्नेजस्ता बाध्यात्मक व्यवस्थाले नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत पत्र नविकरण नहुने अवस्था सिर्जना भएको छ।’ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जनाएका छन्।

कोरोना महामारीले युवाहरू विदेश जाने क्रम रोकिएको र कामदारको माग समेत नआएकोले तोकिएको प्रावधान व्यवसायीले पुरा गर्न नसक्ने कांग्रेसले जनाएको छ।

कोभिड–१९ ले अन्य क्षेत्रजस्तै वैदेशिक रोजगार व्यवसायमा पनि गम्भीर प्रभाव परेको कांग्रेसले जनाएको छ। विषम परिस्थितिमा वैदेशिक रोजगारी व्यवसायीको इजाजत पत्र नविकरण गर्न सरकारसँग माग गरिएको छ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…