रुकुम घटनामा खुल्यो यस्तो रहस्य : वडाध्यक्षले नै फोन गरेर गाउँले भेला पारेको खुलासा

गृहमन्त्रालयले रुकुम घटनाको छानबिनका लागि गठन गरेको सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको समितिले घटनाका मुख्य योजनाकार वडाध्यक्ष रहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको छ।

छानबिन समितिको अनुसन्धानमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले गलत सूचना दिएर युवाहरुलाई भेला पारेको खुलेको हो।

गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्लले बन्दाबन्दीको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे, तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा मुख्य आरोपीहरुलाई फोन गरेर बोलाएको उल्लेख छ।

मल्लले प्रयोग गर्ने मोबाइल नम्बर ९८४८९६९७३३ बाट आरोपीहरु टोपबहादुर मल्लको ९८४२३५३०२५, मानबहादुर मल्लको ९८६६८६८९६८ र नेत्रबहादुर मल्लको ९८४१५३७६७३ नम्बरमा सम्पर्क गरी गाउँलेहरुलाई भेला गराएका थिए।

प्रतिवेदनमा वडाध्यक्ष मल्लले गाउँलेहरुलाई एकीकृत गराई मृ त क नवराज बिकसहितलाई नियन्त्रणमा लिन गाउँलेहरुलाई उत्प्रेरित गरेको, गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारेको आरोप लगाइएको छ।

मल्लले गाउँका मानिसहरुको भेला जम्मा गरी झण्डै ४ किलोमिटर टाढा गइसकेका पीडितहरुलाई पिछा गर्दै लखेट्दै ढु ङगा, मुढा प्रहार गरी नवराज बिक, समेतका ६ जना व्यक्तिहरुको ज्या नै लिनेसम्मको परिस्थिति सिर्जना गरेको आरोप लगाइएको छ ।
प्रतिवेदनमा मल्ललाई जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन, २०६८ को दफा ७ को उपदफा २९१० बमोजिम थप सजाय माग गरिएको छ।

रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आ क्रम णपछि ह त्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको थियो।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्या न मा र्ने उद्योग, कर्तव्य ज्या न र जातीय विभेद तथा छुवाछूत कसुरमा मुद्दा दर्ता गरेको छ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…