ओमान सरकारले आफ्नै खर्चमा काठमाडौं ल्याइदियो १६६ नेपाली

काठमाडौं : ओमानबाट आएका १६६ यात्रु काठमाडौं आइपुगका छन्। सोमबार १६६ यात्रु लिएर सलाम एयर पौने २ बजे काठमाडौं अवतरण गरेको नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

कोरोना भाइरस (कोभिड-१९)का कारण ओमानमा अप्ठ्यारोमा परेका यात्रुलाई नेपाल ल्याइएको हो। उनीहरुलाई ल्याउन नेपाल सरकार सरकारले पहल गरे पनि ओमान सरकारले आफ्नै खर्चमा नेपाल पठाएको हो। सलामले प्रति यात्रु ३६ हजार रुपैयाँमा उडान गरेको हो। यो भाडा नेपाल सरकारले तय गरेको भन्दा झन्डै ८ हजार रुपैयाँ कम हो।

नेपाल एयरलाइन्सको लागि ४४ हजार र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा कायम गरेको थियो। तर सलाम एयरले सस्तोमा नेपालीलाई काठमाडौं ल्याएको छ।

सरकारले यसअघि पनि विभिन्‍न देशमा अलपत्र परेका कामदार नेपाल ल्याएको थियो। ओमानबाट नेपाल फर्किन चाहने नेपालीहरुको संख्या करिब ६ सय रहेको छ। ओमानबाट अर्को उडान बिहीबार हुनेछ।

भर्खरै प्रकाशित

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…

धुम्बाराहीमा सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले…

नेपालमा अब सबै अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति…

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशका प्रमुख शहरहरुमा श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन्…