भारतीय रक्षामन्त्री भन्छन्, लिपुलेक मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भयो

सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन(बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए । उनले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै भने, ‘हाम्रो छिमेकी देशमा यस सडकलाई लिएर केही असमझदारी सिर्जना भएको छ । भारत र नेपालबीचको सम्बन्ध सामान्य होइन । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको छ ।’

सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताए । ‘भारत–नेपाल सीमाका बारेमा एक खालको भ्रम सिर्जना भएको छ । त्यसलाई वार्ताकै माध्यमबाट समाधान गरिनेछ । नेपाली नागरिकप्रति भारतमा कहिल्यै कटुता देखिएको छैन,’ सिंहले भने ।

नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उनले भने, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ? यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’

त्यस्तै महाकाली नदीको उपस्थिति कोलकाताको कामख्या मन्दिरदेखि भारतीय सेनाको गोर्खा रेजिमेन्टसम्म रहेको उल्लेख गर्दै रक्षामन्त्री सिंहले भने, ‘कोलकाताको कामख्यादेखि विन्ध्याचलसम्म सबैतिर महाकाली रहेकी छिन् । उत्तराखण्डको गाउँगाउँमा महाकालीका भक्त छन् । यस्तो अवस्थामा नेपाल भारतको सम्बन्ध कसरी टुट्न सक्छन् । धार्चुलाको अगाडि जति तारबार लगाए पनि यो सम्बन्धलाई तोड्न सकिँदैन ।’

त्यस्तै अहिले आफूले रक्षामन्त्रीको पनि जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सिंहले भने, ‘भारतीय सेनामा गोरखा रेजिमेन्ट छ, जसले पटक–पटक शौऱ्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टको पनि यस्तै उद्घोष छ, ‘जय महाकाली, आयो गोरखाली ।’

यसअघि पनि भारतीय रक्षामन्त्री राजनाथ सिंहले विभिन्न सञ्चारमाध्यमसँगको साक्षात्कारमा लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताएका थिए ।

रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो ।

नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

साथै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्साअनुसारको निसान छाप परिवर्तनका लागि प्रतिनिधिसभाबाट सर्वसम्मतिले संविधान संशोधन गरिसकेको छ ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…