वालिङमा भेटियो दुर्लभ सुँगुरको जस्तै लामो थुतुनो भएको भालु

स्याङजा। वालिङमा लोपोन्मुख अवस्थामा रहेको सुँगुरे भालु भेटिएको डिभिजन वन कार्यालय स्याङजाले जनाएको छ । सुँगुरको जस्तै लामो थुतुनो, शरीरभरि बाक्ला, लामा काला र सेता धर्से रौं र लामा नङग्रासहितको वन्यजन्तु बस्तीनजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा खबर गरेका हुन् ।

भालु वालिङ् नगरपालिका–११ को तल्लो पेखु ओराले भन्ने ठाउँमा बारीका भेटिएको स्थानीयले जानकारी दिएका छन् । घर नजिकैको बारीमा हिँडिरहेको देखेपछि स्थानीयले घरमा ल्याउपछि स्थानीय सुरेश अर्यालले कार्यालयमा खबर गरेका हुन् ।

अनौठो प्रजातिको वन्यजन्तु देखेपछि गाउँलेले समाएर घरमा ल्याएर दूध खुवाएर राखे । उसले दूध खायो । त्यसपछि कार्यालयमा खबर गरेका हुन् । भालुलाई सोही दिन साँझ भेटिएको स्थाननजिकैको पेखु सामुदायिक वनमाछाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

‘सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो ।’ प्रमुख काफ्लेले भने–‘नेपालमा पाइने एक प्रकारको जनावर हो । अहिले यो दुर्लभ मानिन्छ ।’ काफ्लेका अनुसार धु्रवीय भालु पूर्णरुपमा मांशहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँस मात्र खाएर बाँच्ने गर्दछ । यी दुई प्रजातिबाहेक ६ प्रजातिका भालुहरू जसले वनस्पति र जनावर दुवैलाई आफ्नो आहार बनाउने गर्छन् ।

यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलिया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छर हुन्छ । भालु एक हिँस्रक तथा खतरनाक जनावर हो ।

भालुहरू एक्लै हिड्ने र एकान्तप्रिय जनावरहरू हुन् । भालुको सुंघ्ने क्षमता तीक्ष्ण हुन्छ । ठूलो र रौं भरिएको भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडन भालु निपुण हुन्छन् । मानव बस्तीनजिक बस्ने भालुहरू साँझपख र राति पनि सक्रिय हुने गर्छन । यिनीहरु गुफा र खाडलहरूमा बस्ने गर्दछन् ।

विभिन्न जातजाती र समुदायहरूको कला, धर्म र सांस्कृतिक सम्पदामा भालुको महत्वपूर्ण भूमिका रहन्छ । मानिसले अनावश्यक हस्तक्षेपका कारण भालु लोप हुने अवस्थामा पुगेको छ । भालुको छाला, भुत्ला र औषधियुक्त गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुने गरेको छ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…