एक पाकिस्तानी देशद्रोही कलाकारले नेपालाई प्रहार गर्दै यसरी ‘सिंह र बिरालो’का संज्ञा दिए

काठमाडौं, ३२ जेठ । पाकिस्तानमा जन्मिएर भारतको गुनगान गाउने गरेका बलिउडका चर्चित संगीतकार तथा गायक अदनान सामीले आफ्नो कुभाव नेपालतर्फ पनि तेर्स्याएका छन् ।

शनिबार नेपाल सरकारले संविधान संशोधन गर्दै कालापानी, लिपलेकसहितको नक्सालाई आधिकारिकता दिएको समाचारलाई ट्वीट मार्फत सेयर गर्दै उनले नेपाललाइ बिरालाे र भारतलाइ सिंहकाे संज्ञा दिएर नेपालकाे सार्वभौमिकतामाथि प्रहार गरेका छन् ।

उनले ट्विटरमा सिंह र बिरालोआमने-सामने भएको तस्वीर राख्दै क्याप्सनमा लेखेका छन्- ‘डियर नेपाल, सिरियस्ली ।’ अदनान सामी आफ्नो जन्भमूमि पाकिस्तानको नागरिकता त्यागेर भारतको नागरिक बनेर बसेका कलाकार हुन् ।

विगतमा पाकिस्तान र भारतबीच तनाव हुँदै गर्दा पनि पटक-पटक पाकिस्तानविरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका थिए सामी । उनको जन्म पाकिस्तानको लाहोरमा भएको हो । उनका पिता अर्सद सामी खान पाकिस्तानी एयर फोर्समा लामो समय सेवा गरेर विदेश मन्त्रालयका वरिष्ठ कर्मचारीका रुपमा विभिन्न १४ मुलुकमा कार्यरत रहेका थिए ।

उनकाे बाल्यकाल बेलायतमा बितेकाे थियाे । पछि पाकिस्तान फर्किएका उनले १९९५ मा पाकिस्तानी फिल्म ‘सरगम’ पनि खेलेका थिए । तर पर्यटक भिसा लिएर २००१ भारत छिरेका उनले बलिउडमा आफ्नो करियर बनाए र अाफू पनि भारतीय बने ।

२०१५ मा पाकिस्तानको पासपोर्ट त्यागेर भारतीय नागरिकता लिने भन्दै निवेदन दिएपछि भारत सरकारले उनलाई नागरिकता दिएको थियो । त्यसयता असली भारतीय नागरिक प्रमाणित गराउन पटक-पटक पाकिस्तानकाे विरूद्धमा बोल्दै आइरहेका सामी अहिले भारतीय अन्ध राष्ट्रभक्ति देखाउँदै नेपालविरूद्ध प्रहार गर्न थालेका छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…