एनआरएनए साउदीले भन्यो : १० हजार भाडा तोक्दा पनि स्वदेश फर्कन सक्ने अवस्था छैन

योगेन्द्र योगी

दोहा। नेपाल सरकारले साउदीबाट कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका नेपालीहरूको उद्धारको लागि तोकेको हवाई भाडादर प्रति साउदीमा क्रियाशील तीन संस्थाहरू गैर आवासीय नेपाली सङ्घ, मोरङ सुन्सरी सेवा समाज र नेपाली हातेमालो सेवा समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली सरकारले दोश्रो पटक तोकेको भाडादर पनि महँगो भएको भन्दै विज्ञप्ति मार्फत सरकारलाई ध्यानाकर्षण हराएको एनआरनएन मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन्।

सरकारले दोश्रो पटक तोकेको भाडादर साउदीको दमामबाट ५३० बाट घटाएर ४३० डलर, रियादबाट ५६५ बाट घटाएर ४६५ डलर र जेद्दाबाट ६९० बाट घटाएर ५९० डलर कायम गरेको छ।

क्रियाशील तीन संस्थाहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूलाई वर्तमान कोरोनाको कारण आईपरेको विश्वव्यापी सङ्कटमा विदेशमा भएका नेपालीहरूलाई उद्धारको नाउमा चर्को जहाज भाडा तोकेको र उक्त भाडा तत्काल घटाउनु पर्ने माग गरिएको एनआरएनए साउदीका अध्यक्ष तेज थापाले बताए।

कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपियाँ थन्किएर बसेको भन्दै यो विषम परिस्थितिमा उक्त कोषको उपयोग गरि उक्त कोषको संचालन ऐनमा उल्लेख भएको व्यवस्था अनुसार विदेशमा महामारीको अवस्थामा उद्दारकोषलाई प्रयोग गर्नु पर्नेमा सरकारसँग जोडदार माग गरेका छन्।

अध्यक्ष थापाका अनुसार भाडा दर घटाउने मात्र नभई साउदी अरबको हकमा धेरै नेपालीले आफ्नो टिकट किन्ने अवस्थामा नरहेको र अहिलेसम्म एनआरएनएले खाने बस्ने व्यवस्था गरेका ३४१ जना नेपालीहरूको अवस्था र तिनै मध्य केही नेपालीलाई १०० डलर अर्थात १२ हजार नेपाली रुपैयाँ भाडा तोक्दा पनि स्वदेश फर्कने अवस्था नरहेको बताए।

साउदी अरबमा १५ हजार भन्दा बढि अवैधानिक रुपमा नेपाली कामदारहरू रहेका कारण तिनीहरूलाई स्वदेश फिर्तीका लागि नेपाल सरकार र साउदीमा रहेका नियोगहरूले कूटनीतिक पहल गर्नु पर्ने एनआरएनए मध्यपुर्व उपसंयोजक अर्यालले बताए।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…