आज मोदीको बुट पालिस गर्नेले भूमि फिर्ता आएपछि ओलीको बुट पालिस गर्छन्ः सांसद बिडारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले देशको सीमाको विषयमा सबैको राष्ट्रिय एकता र सहमति आवश्यक रहेको बताएका छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद बिडारीले भूमि फिर्ता ल्याउने कुरा अगाडि बढेपछि अब नेपालको सीमाभित्र रहेका भारतीय सेना हटाउनुपर्ने र बिना अनुमति बनाइएका सडक चल्न नदिने कदम लिनुपर्ने जनाए।

भूमि फिर्ता गर्ने कुरा धेरै सहिद र आन्दोलनबाट अगाडि बढेको भन्दै आफूलाई गौरवान्वित महशुस भएको उनले बताए। बिडारीले यो काम गर्न गणतन्त्र नै आउनुपरेको जिकिर गरे।

‘कालापानी हाम्रो हो भन्दा गोदाइ खाइयो तर आज यहाँ आइपुग्यौं। यति काम गर्नको लागि हामीलाई गणतन्त्र चाहिने रैछ। जति धाक र लितपोत लगाएपनि गणतन्त्र नआइकिन यो काम गर्न सकेनौं,’ उनले भने।

केही पैसा बुझ्ने मानिसहरूले भूमि फिर्ता ल्याउन सके प्रधानमन्त्री ओलीको बुट सफा गर्छु भन्ने ढाडस दिएको भन्दै अब त्यो अवस्था आएको बिडारीको भनाइ छ। उनले भने, ‘अहिले मोदीको बुट पालिस गर्दैछन्। भूमि फिर्ता आयो भने ओलीको बुट पालिस गर्छन्।’

उनले लिपुलेक, लिम्पियाधुरामा बसेर सीमाको रक्षा गर्ने नेपालहरूलाई इज्जत गर्नुपर्ने बताए।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…