एक महिलाले उठाएकाे आवाजलाई राष्ट्रियताको नाममा अस्वीकृत गरियाे : सांसद गिरी

काठमाण्डाै – समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ ।

संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनुभएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफूमाथि जातीय विभेद राखेर आक्रमण गरिएको बताउनुभयो । उहाँले एक जना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाममा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृत्तिले बङ्गलादेशमा जस्तै महिला जागृत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो राष्ट्रियताका नाममा एक जना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ, यदि यसलाई तपाईँहरुले चेक गर्नुभएन भने बङ्गलादेशकाे निर्माण कसरी भएकाे थियाे भन्ने कुरालाई नबिर्सनुहाेस् ।

बङ्गलादेशको निर्माण महिलाहरुले गरेका हुन् । किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए । बोर्सनिया, हर्जगोभिना सबै । जब जातीय भावनामा राष्ट्रियता ल्याएर कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ, यदि त्यसमा हामी बेलैमा सचेत भएनौँ भने यसको परिणाम देशकाे राष्ट्रिय एकताकाे लागि र देशकाे राष्ट्रियताको लागि हुँदैन ।’

सांसद गिरीले आफूले संविधान संशोधनकाे विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइरहेकाे समेत बताउनुभयो । आफूले संविधान संशोधनकाे क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने वा युद्धकाे मैदानमा उत्रनुपर्ने दुई विकल्पमात्रै रहेको र आफू महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताउनुभयो ।

सांसद गिरीले आफूले कुन विचार र मनशायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताउनुभयो । उहाँले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभइ संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताउनुभयो ।

उहाँले संविधानमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने त्याे सन्धिमा मधेशमा रहेका नागरिकलाई भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख भएकाेले त्याे जानकारी संसदलाई गराउनमात्र खोजेको दाबी गर्नुभयो । उहाँले १८१६ को सन्धि अनुसार नक्सा संशोधन हुन्छ भने त्यही सन्धि अनुसार नै तराई मधेशसँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताउनुभयो ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…