काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको विषयमा सम्झौता नहुने बताउनुभएको छ । संविधान संशोधन विधेयेकमाथिको छलफलमा भाग लिँदै उहाँले राप्रपाकाे यसमा कुनै स्वार्थ र निःस्वार्थ विना नै समर्थन हुने बताउनुभयो ।
‘दुनियाँलाई थाहा छ, अहिलेको संविधानमा राप्रपको गम्भीर असहमति छ । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकाे विषयमा नै गम्भीर असहमती छ तर अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकाेले राप्रपाको शर्त छैन, देशभन्दा माथप अरु केही छैन’, लिङ्देनले भन्नुभाे ।
उहाँले नक्सामा भूमि अटाएको भए पनि वास्तविक रुपमा नै भूमि ल्याउनुपर्ने बताउनुभयो । भूमि फिर्ता ल्याउनको लागि भारतसँग भाइको आधारमा नभइ मित्रताका आधारमा वार्ता गर्नुपर्ने बताउनुभयो ।
यदि भारतले सुगौली सन्धि नमान्ने भएमा टिस्टा र काँगडा पनि नेपालकै हुने उहाँले दाबी गर्नुभयो । भारतले सुगौलि सन्धी मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग विना स्वार्थ नेपाललाई दिनुपर्ने उहाँले बताउनुभयो ।
अब भारतसँगको वार्ता अघि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताको लागि भारतसँगको वार्ता अघि बढाउने बताउनुभएको छ ।
उहाँले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब भारतसँग वार्ताको काम अघि बढ्ने बताउनुभएको हो ।
घीय संसद् भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो । केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिङ्गो देश एकजुट भएको छ ।’
नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भए पनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’