एक घर एक पिसिआर परीक्षण गराउने हो भने ५० देखि ६० अर्बसम्म खर्च हुन्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामको लागि भएको खर्च निकै कम भएको बताएका छन्।

सरकारले खर्च गरेको १० अर्बको विवरण देखाउन माग राख्दै बुटवलमा पनि प्रदर्शन भएपछि शुक्रबार मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुकमार्फत यस्तो प्रतिकृया दिएका हुन्।

‘अहिले जति खर्च भएको छ त्यो संकटको सापेक्षतामा निकै कम हो। सार्वजनिक भएको हिसाब पनि मोटामोटी अनुमान हो,’ उनले लेखेका छन्, ‘कोरोना परीक्षण र उपचारमा खर्च हुने समय बल्ल सुरु हुँदैछ।’

एक घर एक पिसिआर परीक्षण गराउने हो भने ५० देखि ६० अर्बसम्म खर्च हुने उनले बताए। ‘अहिले नै खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पिसिआर परिक्षण गर्नुपर्छ भन्ने माग आउनु विरोधाभाषपूर्ण देखिन्छ,’ उनले भने, ‘एक घर एक पिसिआर परीक्षण गर्दा न्युनतम ५० देखि ६० अर्ब खर्च लाग्न सक्छ।’

उनले त्यसैमा थपे, ‘अनि रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामर्थ्य हामीसग छ र? त्यो असम्भव र अव्यवहारिक कुरा गर्नु हुँदैन।’

हाल खर्चको पारदर्शिताका नाममा उठाइएका मागले जनसमुदायलाई भ्रमित बनाइरहेको समेत उनले आरोप लगाएका छन्।

‘शक्तिशाली देशहरुले हामीले चाहेजस्तो मात्रै होइन हामीलेजस्तो पनि गर्न किन सकिरहेका छैनन्? नचाहेर वा गैरजिम्मेवार भएर त होइन होला,’ उनले भने, ‘त्यसैले यो समय कसैलाई देखाइदिने र लकडाउनको उकुसमुकुसमा रमाइलो गर्ने समय होइन।’

महामारीका बेला खर्चका बारेमा अविश्वास गर्ने र प्रश्न उठाउँदा परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको उनले बताएका छन्।

प्रदेश ५ मा प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए आफ्नो फेसबुको कमेन्टमा लेख्न उनले सुझाव दिएका छन्। भनेका छन् ‘सडकमा जानु पर्दैन, कुरा सुनिन्छ।’

गत मंगलबारदेखि स्वास्थ्य सम्वन्धी विभिन्न मुद्दाहरुमा सरकार विरूद्ध देशका मुख्य शहरमा प्रदर्शन भइरहेको छ।

शुक्रबार पनि देशका विभिन्न स्थानमा आरडिटी परीक्षण बन्द गर्नु पर्ने, पिसिआर परीक्षणको दायर बढाउनु पर्ने, करको ताकेता विरूद्ध तथा १० अर्ब रकम खर्चलाई पारदर्शिता बनाउनु पर्ने माग राख्दै प्रदर्शन भएको थियो।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…