साउदीबाट श्रमिक भन्छन्, ‘अब यतै ज्यान जाला जस्तो छ’

सरकारले तोकेको हवाइ शुल्क अनुसार मलेसिया तथा खाडीका देशमध्ये सबैभन्दा महंगो भाडादर साउदीको छ । साउदीको रियादबाट फर्किनेलाई ६३० अमेरिकी डलर र जेद्दाबाट फर्किनेहरुले ७२० अमेरिकी डलर लाग्ने छ । यसको नेपाली ९२ हजार भन्दा बढी रकम हुन आउँछ । तर साउदीमा गएको चार महिनादेखि केही पनि काम नगरी बसेकाहरुलाई यति धेरै रकम जुटाउन निकै समस्या भएको छ ।

साउदीबाट प्रदिप भट्ट लेख्नुहुन्छ, ‘हवाइ भाडा शुल्क यति धेरै तोकेर के सरकारले हामीलाई स्वदेश फर्किनबाट रोकेको हो ?’

आफू तीन महिनादेखि केही पनि काम नगरेर बसेको भन्दै प्रदिप आफ्नो नाम सूचीमा परे पनि यति धेरै रकम तिरेर आफू स्वदेश फर्किन नसक्ने बताउनुहुन्छ । साउदी दूतावासले स्वदेश फर्किनुपर्ने एकदमै समस्यामा रहेका नेपाली श्रमिकको सङ्ख्या १० हजारभन्दा बढी रहेको जनाएको थियो । तर तिमध्येबाट पनि ३३ सय १२ जना पहिलो प्राथमिकतामा परेका छन् ।

दूतावासका अनुसार उनीहरुमध्ये धेरैजसो खान बस्न नै धौधौ भइरहेको अवस्थामा छन् । यस्तो अवस्थामा यति धेरै शुल्क तिरेर उनीहरु नेपाल फर्किन नसक्ने प्रष्ट हुन्छ ।

‘अब यतै ज्यान जाला जस्तो छ, न खाना छ न बस्ने ठेगान छ’, साउदीबाटै रमेश सुनुवार आफ्नो दुखेसो पोख्नुहुन्छ ।

कुवेतबाट कोही सशुल्क कोही निःशुल्क

कुवेतबाट दुई हजार ९९१ जना नेपाली स्वदेश फिर्तीको सूचीमा परेका छन् । यो कुवेत सरकारको आममाफीको सूचीमा परेका र त्योबाहेकका समस्यामा परेका नेपाली श्रमिकको सङ्ख्या हो । जसमध्ये आममाफी पाएका तीनसय जना बिहीबार र १४२ जना शुक्रबार स्वदेश फर्किसकेका छन् ।

नेपाल सरकारले कुवेतबाट फर्किनको लागि एकजनाको हवाइ भाडा ५७० अमेरिकी डलर तोकेको भए पनि कुवेत सरकारले आममाफीमा परेका नेपालीलाई आफ्नै खर्चमा नेपाल फर्काएको छ । तर तीबाहेक अरु विभिन्न समस्या खेपिरहेका र लामो समयदेखि काम, तलब नभएर खाली हात बसेकाहरु यति धेरै रकम कहाँबाट खोज्ने भनेर चिन्तित छन् ।

कुवेतबाट मनिलाल खड्का उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, ‘म पनि आममाफीमा परेको भए घर फर्किन गाह्रो नहुने रहेछ, गल्ती नगरेर बसियो अहिले घर फर्किनै समस्या भयो ।’

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…