पत्रकार महासंघका दाङका अध्यक्षमाथि दुव्र्यवहार गर्ने साजन भण्डारी फरार

घोराही। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनमाथि दूव्र्यवहार गरेको भन्दै घोराही उपमनपा–१५ का साजन भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिइएको छ ।

सोनापुर सिमेन्ट कारखानाका लागि चुनढुंगा बोकेका टिप्पर घोराही–१५ का स्थानीयले रोकेपछि सहजीकरणका लागि बोलाइएका प्रियासनमाथि गालीगलोज गर्ने, मोटरसाइकलको चावी खोसेर धम्क्याएको भन्दै प्रियासनले शुक्रवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वलीले विज्ञप्ति निकालेर घटनाका दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । कोरोना भाइरसको महामारीका वेला अग्रपंक्तिमा रहेर सूचना प्रवाहको कार्यमा खटिएका पत्रकारमाथिको दुव्र्यवहारले सिंगो पत्रकार जगतलाई नै असुरक्षित बनाएको भन्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।

यसैवीच प्रेस संगठन नेपालका जिल्ला संयोजक प्रकाश चौधरी र सहसंयोजक जे.एन.सागरले विज्ञप्ति निकालेर प्रेस संगठनका केन्द्रीय सदस्य तथा पाँच नं. प्रदेश संयोजक एवं नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनमाथि भएको दूव्र्यवहारको घटनामा संलग्नमाथि कारवाहीको माग गर्नुभएको छ ।

यसैवीच दुव्र्यवहार घटनाका दोषीमाथि कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघका पूर्वअध्यक्ष केएल

पीडितलगायत पत्रकार महासंघका पदाधिकारी, पत्रकारहरुका विभिन्न संगठनका पदाधिकारीहरुले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर घटनाका दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।

प्रजिअ रिजाल र प्रहरी प्रमुख चन्दले आरोपित फरार रहेको खोजी भइरहेको भन्दै घटनाको छानवीन गरिने प्रतिवद्धता जनाउनुभयो ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…