मोटरसाइकलमा २ जना चढ्न नपाउने नियम अव्यावहारिक, समस्या सुल्झाउन छलफल हुँदै

काठमाण्डौ – लकडाउन खुकुलो बनाउँदै सरकारले दुई पाङग्रे गाडीमा दुई जना यात्रा गर्न नपाउने नियम बनाएको छ । तर यो नियम जति अव्यावहारिक छ, पालना गर्न र हुन पनि उत्तिकै चुनौतीपूर्ण छ ।

केही समय अघिदेखि नै मोटरसाइकलमा एक जना मात्रै ओहोरदोहोर गर्ने/गराउने अभ्यास गराएको सरकारले शुक्रबारदेखि भने औपचारिकरुपमा नै एक जनामात्रै यात्रा गर्न पाउने नियम लागू गर्‍याे ।

शुक्रबारअघि सकेसम्म एक जनामात्रै यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको थियो । शुक्रबार सरकारको निर्णयअनुसार ट्राफिक प्रहरीले मोटरसाइकलमा दुई जना चढ्नेलाई नियन्त्रणमा लिन थाल्यो । ठाउँठाउँमा दुई जना चढेकालाई रोक्न थाल्यो ।

शुक्रबार बिहानदेखि यो समाचार तयार पार्दासम्म ट्राफिक प्रहरीले दुई जना यात्रा गरेको तीन सय ७४ वटा मोटरसाइकललाई होल्ड गरेको छ । नियन्त्रणमा लिइएको मोटरसाइकललाई बेलुकामात्रै चालकको जिम्मा लगाइने छ । ‘यो लकडाउन उल्लङ्घनजस्तै भएकाले नियन्त्रणमा लिएका हौँ’, एक ट्राफिक प्रहरीले भने’, ‘माथिबाट नै नियन्त्रणमा लिन आदेश आएको छ ।’

मोटरसाइकलमा दुई जना चढ्न नपाउने नियम कत्तिको व्यावहारिक ?

दुई पाङग्रे गाडीमा एक जनाबाहेक अर्को यात्रा गर्न नपाउने नियमको विरोध हुन थालकेको छ । काम विशेषले हिँडेकाहरु जथाभाबी नियम लागू गरेको भन्दै आक्रोशित भएका छन् । सरकारको आदेशसँगै ट्राफिक प्रहरीले दुई जनालाई यात्रा गर्न नदिन सुरक्षा जाँचलाई कडाइ पारेको छ ।

तर यो नियमले नागरिकलाई समस्या परेको भन्दै समस्या समाधान गर्न नियम लागू भएको पहिलो दिन नै छलफल सुरु भएको छ । काम विशेषले हिँड्ने नागरिकलाई परिवारका सदस्यले पनि कार्यालय ल्याउने/पुर्‍याउने गर्ने गरेकाले काम प्रभावित भएको भन्दै समस्या सुल्झाउन माथिल्लो निकायसँग छलफल थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी, वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, ‘यो नियमले नागरिकलाई समस्या पारेको महसुस गरेका छौँ, उहाँहरुलाई दुःख दिने हाम्रो नियत होइन । समस्या समाधान गर्न हामी छलफलमा जुटेका छौँ, अर्को निर्णय नभएसम्मकाे लागि भने दुई पाङग्रे गाडीमा दुई जना चढ्न नपाउने नियम नै लागू हुनेछ ।’

भर्खरै प्रकाशित

कांग्रेसकाले काम गर्न नदिएको भन्दै नेकपाका वडाध्यक्षले दिए राजीनामा

धनगढी । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्। आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो…

महासचिवलाई केक खुवाएर सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का…

चीन-अमेरिका व्यापार यु’द्ध: चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नि’यन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ। यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने…

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…