नेपालसँग सिमाविवादको वार्तामा भारतको पुरानै अडान, नेपालबाट रचनात्मक पहल भए मात्र वार्ता हुन्छ

नयाँदिल्ली — भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा आफ्नो पुरानो अडान रहेको जनाएको छ । भारतले यसअघि नेपालका तर्फबाट सकारात्मक र रचनात्मक पहल भएको खण्डमा मात्र वार्ता हुनसक्ने बताएको थियो ।

भारतको विदेश मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमालाई लिएर भारत र नेपालबीच देखिएको पछिल्लो तनावका सम्बन्धमा राखिएको जिज्ञासामा प्रवक्ता अनुराग श्रीवास्तवले भारतको तर्फबाट त्यही पुरानै अडान दोहोर्‍याएका हुन् । ‘सीमा विवादलाई लिएर भारतले यसअघि नै आफ्नो धारणा प्रष्ट पारिसकेको छ,’ श्रीवास्तवले भने ।

भारतले नेपालले लिम्पियाधुराको भूभागलाई समेटेर नक्सा जारी गरेलगत्तै पनि नेपालको नेतृत्वले कुटनीतिक सम्वादका लागि अनुकूल वातावरण निर्माणमा सघाउने प्रतिक्रिया दिएको थियो ।

भारतले २६ वैशाखमा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता सीमा विवादलाई लिएर दुवै छिमेकीबीच तनाव कायम छ । यसबीच नेपालले पनि सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । र, सोहीअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि संविधान संशोधन प्रक्रिया पनि अघि बढिसकेको छ । जसलाई लिएर दिल्लीमा विशेष चासो राखेको पाइन्छ ।

विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले बिहीबारको पत्रकार सम्मेलनमा फेरि एकपटक द्विपक्षीय सम्बन्ध र साझेदारीका साथै भारतले नेपाललाई गर्दै आएको प्रसंग उल्लेख गरेका छन् । ‘भारतले नेपालसँगको साझा सभ्यता, संस्कृति र घनिष्ट सम्बन्धलाई अत्यन्त महत्व दिन्छ । हालका वर्षहरुमा हाम्रो बहुआयामिक द्विपक्षीय साझेदारी थप सघन हुने क्रमसँगै बढी विस्तारित र विधिकरण भएको र भारत सरकारले पनि नेपालमा मानवीय, विकास र सम्पर्क बढाउनका लागि सयोगलाई वृद्धि गर्दै लगेको छ,’ श्रीवास्तवले भनेका छन् ।

त्यसैगरी उनले कोभिड १९ महामारीसँग जुध्नका लागि पनि भारतले नेपाललाई सहयोगको हात बढाएको उल्लेख गरेका छन् । ‘कोभिड १९ विरुद्ध लड्न प्रधानमन्त्रीको अग्रसरतामा अघि सारिएको साझा रणनीतिअनुरुप भारतले नेपाललगायत छिमेकी मुलुकहरुलाई सहयोग गरिरहेको छ । सोही क्रममा भारतले नेपाललाई सम्भव सबै प्राविधिक, चिकित्सा र मावनीय सहयोग उपलब्ध गराएको छ’ प्रवक्ता श्रीवास्तवको भनाई थियो ।

साथै उनले भारतले नेपाललाई करिब एक महिनाअघि औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएकोसमेत स्मरण गराएका छन् । त्यसैगरि यसअघिजस्तै भारतले नेपालको वस्तुको व्यापार तथा आपूर्तिमा कुनै अवरोध हुन नदिएको दोहोर्‍याएको छ । ‘लकडाउका वावजुद भारत सरकारले व्यापार तथा अत्याश्वयक वस्तुको आपूर्तिमा कुनै अवरोध हुन नदिन सुनिश्चित गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने ।

साथै मानवीयताका आधारमा विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पनि भारतले सहयोग गरेको समेत प्रवक्ता श्रीवास्तवले उल्लेख गरेका छन् । भारतले जापान र इण्डोनेशियालगायतका मुलुकमा अलपत्र परेका केही नेपालीलाई उद्धार गरेको थियो ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…