एमसीसी तोडेर अमेरिकासँगको सम्बन्ध बिगार्न हुँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेको बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट र योजनामाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा संसदले एमसीसी पारित गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेकपाका सांसदहरू भीम रावललगायतका सांसदहरूले नेपालको संविधान र कानुनसँग एमसीसी सम्झौताका बुँदा बाझिएमा एमसीसीका बुँदा लागु हुने लगायतका राष्ट्र हित विरोधी र नेपालको सार्वभौमिकतामा आँच आउने कुरा रहेकाले संशोधनबिना पारित गर्न नहुने बताएका थिए । अर्थमन्त्री खतिवडाले भने उक्त सम्झौता पारित गर्नुपर्ने बताएका हुन् ।

‘एमसीसी आयोजना हामी आफैंले गर्दाखेरि तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले भने । उनले यसबारे संसदले छिट्टै छलफल चलाउनुपर्ने पनि बताए ।

‘एमसीसी सम्झौता पत्र संसदमा विचाराधीन छ । यहाँ छलफल भइजाओस् । यो कसैको सुरक्षा छातामा छ या छैन यसमा त्यहि बेला छलफल हुन्छ । तर यो एउटा सहायता सम्झौता हो,’ मन्त्री खतिवडाले भने, ‘यो सहायता सम्झौता अर्थ मन्त्रालयले गरेको हो । अर्थ मन्त्रालयले को मन्त्री हुँदा गर्‍यो भन्ने विषय भएन । प्रधानमन्त्रीले भन्नुभएको छ- यो सरकारको निरन्तरताको प्रसंग हो ।’

एमसीसी सम्झौतामा रहेका कुराहरू सच्चिनेमा अर्थमन्त्रीले कूटनीतिक जवाफ दिएका छन् । नेकपाका नेताहरूले सम्झौता नै नेपालको हीत विपरीत भएको बताइरहेका बेला अर्थमन्त्रीले भने सहायक सम्झौतामा सच्याउन सकिने धारणा राखे । ‘हाम्रा सहायक सम्झौताहरू छन् ती सहायक सम्झौताहरूमा मिलाएर जान सकिने विषयहरू रहन सक्छन् । त्यसमा बुझाइको फरक हुनसक्छ,’ उनले भने ।

नेकपाले एमसीसी अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त कार्यदलले सम्झौतामा संशोधन नगरी संसदबाट पारित गर्न नहुने प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदनमाथि सत्तारुढ दलभित्र पटकपटक छलफल भएको छ । मंगलबार पनि उक्त सम्झौताबारे छलफल गर्न नेकपा सचिवालय बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताले उक्त बैठक स्थगित गरिएको छ ।

संसदको चालु अधिवेशनबाट एमसीसी सम्झौता पारित नभएमा खारेज हुनसक्ने अवस्था छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…