११ जना बालबालिका सहित ३६६ जना नेपाली महिलाहरु नेपाल आउदै, पहिलो जहाज उड्यो

योगेन्द्र योगी

दोहा : कुवेतबाट अल जजिरा एअरवेजको पहिलो जहाज उडेको छ । लामो समय देखि कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर सेल्टरमा बसेका २९९१ जना नेपालीहरु मध्ये दुई जहाजमा ११ जना बालबालिका सहित ३६६ जना नेपाली महिलाहरु छन् ।

पहिलो जहाज कुवेतको समय अनुसार बिहान ३ भनिए पनि ढिलो गरि ४:२५ मिनेट जादा उडेको हो भने दोस्रो जहाज पनि केहि ढिलो गरि ६ बजे उडान गर्ने तयारीमा रहेको छ । अहिले दोश्रो जहाजको पनि बोडिङ्ग भैरहेको छ ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूताबासले परराष्ट्रलाई बुझाएको थियो । यसरी फर्काइने नेपालीहरुको निसुल्क रुपमा स्वास्थ परिक्षण गरि उडानको पनि निसुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ ।

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो । विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरुले दूतावासमा फारम भरेको दूताबास स्रोतले जनाएको छ ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…