असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने, यसको वर्ष एसईई परीक्षा पनि नगराइने

काठमाडौँ। असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

त्यस्तै सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नियमित परीक्षा पनि नगर्ने निर्णय गरेको छ । यस वर्ष एसईईको नियमित परीक्षा नगरी आन्तरिक मूल्याङ्कन हुने भएको छ ।

अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।
पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।

यस्तै, रिक्सा तथा एक लहरमा एक जना यात्रुमात्र बस्ने गरी विद्युतीय रिक्सा, ट्याक्सीमा चालकबाहेक थप दुई जना यात्रु रहने गरी चल्न दिने तयारी छ । व्यक्ति व्यक्तिबीचमा कम्तीमा २ मिटर भौतिक दूरी कायम रहने गरी रेस्टुरेन्ट तथा खाजाघर खोल्न दिने प्रस्तावमा छ ।

यो १५ दिनको विश्लेषण गरी थप १५ दिनसम्म सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, संक्रमण जोखिम विश्लेषण गरी सयभन्दा कम सक्रिय केसहरु भएमा अन्तर जिल्ला आवाजावत, सीट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन र आन्तरिक हवाई उडान, होटल, लज रिसोर्ट, परीक्षा प्रयोजनका लागि शिक्षण संस्था लगायतका तालिम, ट्युसन केन्द्र खोल्ने भएको छ ।

तर यो तीन चरणमा शैक्षिक संस्था, सिनेमा हल, तोकिएबाहेक अन्तर्राष्ट्रिय सीमाबाट हुने आवातजावत, २५ जनाभन्दा बढी सहभागी हुने भेला, बैठक, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्वीमिङ्पुल, जिमखाना, व्यूटी पार्लर, सैलुन, समूहमा खेलिने खेलकुदलगायत भने खुल्ने छैनन् ।

भर्खरै प्रकाशित

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले…

दुर्गेशलाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग सहकार्य नगर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत…

प्रदेशसभा सदस्य बिमलाई नेपालगञ्ज अस्पताल लैजाने भन्दै मुख्यमन्त्री निवास बुटवल…

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा…

थोरै जनसंख्या भएको देश कतारले पनि पहिलोपटक जित्यो ओलम्पिकमा स्वर्ण

टोकियो । भारोत्तोलक फारेज अल बाखले दुई कीर्तिमान राख्दै शनिबार कतारलाई ओलम्पिक इतिहासमा पहिलो स्वर्ण पदक दिलाएका छन् । २०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका…

दार्चुला घटनाको सत्यतथ्य बुझ्‍न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने

काठमाडौँ । महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सोमबार घटनास्थलतर्फ जाने भएको छ…

म्यानमारका एक सैन्य नेताद्वारा आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

काठमाण्डाै । कु गरेको केही समयमै  म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफुले आफैलाई  प्रधानमन्त्री घोषणा गरेका छन्  । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान…