सरिता गिरीको घरमा कालोझण्डा गाडियो

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ ।

उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ ।

काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।

तर सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् । यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ ।

गिरीकै पार्टी समाजवादी पार्टीले पनि उनलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ र फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…