प्रधानमन्त्री ओली भारतविरुद्ध आक्रमकरुपमा प्रस्तुत – ‘भूमि फिर्ता गर्नुपर्‍यो, समाधान त्यही हो’

२८ जेठ, काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको एक महिना हुन लाग्यो । भारतले यसबारे वार्ता गर्न मानिरहेको छैन । यसैवीच बुधबार प्रतिनिधि सभामा उपस्थित प्रधानमन्त्री ओली भारतविरुद्ध पुनः आक्रमकरुपमा प्रस्तुत भए ।

प्रधानमन्त्रीले भने, ‘१९६१ सम्म हामीले भोगचलन गरिरहेको भूभागमा भारतले ०६२ मा सेना राख्यो र कब्जा गर्‍यो । अहिले हामीले भनेका छौं, वार्ताबाटै यस समस्याको समाधान खोज्छौं । समाधान भनेको- हाम्रो भूमि फिर्ता हुन पर्‍यो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटबारे उठेका प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री ओलीले सुगौली सन्धि, नेपाल-भारत प्रवुद्ध व्यक्तिहरुको समूह -इपिजी) को प्रतिवेदन लगायतका विषयलाई समेत कोट्याए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय मुद्दामा सर्वसम्मत भावना प्रकट गरेर एकता प्रदर्शन गरेको भन्दै संघीय संसद र सांसदहरुलाई धन्यवाद दिए । उनले भने, ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, लडेर बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गर्न सक्छौं । अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना प्रतिविम्वित गरेको छ, मुखरित गरेको छ ।’

उनले भने, ‘संसदभन्दा बाहिर पनि यस सवालमा जुन राष्ट्रिय एकता देखिएको छ, । सम्पूर्ण बौद्धिक क्षेत्र, नागरिक समाज र सामाजिक जीवनका बिभिन्न तप्काहरु, संघ संस्थाहरु सबैतिर राष्ट्रिय एकता प्रदर्शन भएको छ । यसमा खुसी व्यक्त गर्न चाहन्छु ।’

लिम्पियाधुरासहितको नक्सालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक मान्यता दिने प्रयासलाई लिएर प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्ने र त्यसो नगर्ने आग्रह संसदभित्रै चलिरहेको छ । बुधबार प्रधानमन्त्रीले जवाफ दिए, ‘जस लिनबाट कोही छुट्दैन । यो कसले जस लिने, कसले श्रेय लिने, कसको देवत्वकरण गर्ने भन्ने विषय हुँदै होइन । सिंगो नेपालीको साझा भावनाको प्रकटीकरण हो ।’

‘भारतले कब्जा गरेको हो’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा क्षेत्र विवादित क्षेत्र नभई भारतले कब्जा गरेको बताए । सन् १९६१ सम्म नेपालले भोगचलन गरिरहेको भूभागमा भारतले ०६२ मा सेना राखेर कब्जा गरेको ओलीको भनाइ छ ।

यो विषय अहिले सहतमा आएको तर, नेपाल वार्ताबाटै समस्या समाधान गर्न तयार रहेको भन्दै प्रधानमन्त्रीले भनेका छन्, ‘हामी वार्ताबाटै समस्याको समाधान खोज्छौं । समाधान भनेको- हाम्रो भूमि फिर्ता हुन पर्यो ।’

सुस्ता लगायत अन्य क्षेत्रको समेत सीमा विवाद समाधानको पहल भइरहेको भन्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरालाई अहिले उच्च प्राथमिकतमा राखेर अगाडि बढेको बताए । प्रधानमन्त्रीले संसदमा भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी अहिलेको विवादको विषय हो । जो भूगोल नै सर्लक्कै कालापानीमा भारतीय फौज नै बसेर त्यहाँभन्दा उता लिपुलेक र लिम्पियाधुरा त्यसलाई भारतले कब्जा गरेको छ । हामीबाट त्यो भूमिमा सेना राखेर छुट्याएर लगेको छ । सेना नराखेसम्म त हाम्रो भोगचलनमा छँदै थियो । सेना राखेपछि हामी सेना भएको ठाउँमा जान पाएनौं र त्यो भन्दा उता पनि जान पाएनौं र यसरी एक ढङ्गले भन्ने हो भने यो कब्जा हो ।’

प्रधानमन्त्रीले थपे- हामीले भनेका छौं कुटनीतिक माध्यमका वार्ताबाट यस समस्याको समाधान खोज्छौं । समाधान भनेको हाम्रो भूमि फिर्ता हुन पर्यो । यो सत्यले जित्छ, यो हाम्रो विश्वास हो- हामी फिर्ता लिन्छौं ।

कतिपय सांसदहरुले नक्सामा आएको भूमि साँच्चै फिर्ता हुन्छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘एउटा म करा भन्न चाहन्छु, अहिलेको सरकार लहलहैमा कुद्दैन । जे राष्ट्रको हितमा छ, जे राष्ट्रको पक्षमा हुन्छ, जे देशको सार्वभौम सत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, जे राष्ट्रिय स्वाभिमानको पक्षमा हुन्छ त्यसको पक्षमा अध्ययन गरेर, जे निष्कर्षमा पुग्छ, त्यसमा दृढताका साथ उभिन्छ ।’

भर्खरै प्रकाशित

सरस्वतीको दौडसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

टोकियो । धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार…

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले…

दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले दलित जातीका लागि छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने बताउनुभएको छ । बिहीबार जागरण मिडिया सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘समावेशीकरण…

कुनैबेलाका अरबपति विजय माल्यालाई जव अदालतले टाट पल्टिएको घोषणा गरिदियो

काठमाडौं। भारतका बैंकहरुबाट अरबौं रुपैयाँ ऋण लिएर भागेका व्यवसायी विजय माल्या टाट पल्टिएको बेलायतको अदालतले घोषणा गरेको छ । यो घोषणासँगै अब माल्यालाई ऋण दिएका…

नेपाली विद्यार्थीले बनाएको रकेटको ५ औं पटकको प्रयास पनि सफल,…

काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो…